पार्टीको कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने प्रमुख प्रस्ताव रहेको छ।
काठमाडाैँ– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग सहमतिका लागि अन्तिम कसरतस्वरूप ८ बुँदे प्रस्ताव अघि सारेको छ।
पार्टीको कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने प्रमुख प्रस्ताव रहेको छ। यस्तै, संस्थापनले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने र प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने प्रस्ताव विशेष पक्षले राखेको छ।
यीबाहेक, कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने प्रस्ताव अघि सारेको हो।
यस प्रस्तावमा सहमति जुट्ने अपेक्षा गरिएको छ। यो प्रयासबाट पनि सहमतिको टुंगो नलागे विशेष पक्षले भृकुटीमण्डमा गरिरहेको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
