निर्वाचन आयोगले कांग्रेसको विधानअनुसार भएको विशेष महाधिवेशनलाई आधिकारिकता दिएको छ।
काठमाडौँ– निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले यसअघि आयोगको अभिलेखमा रहेको विवरण हेरफेर गर्दै नयाँ पदाधिकारी र सदस्यहरूको नाम अद्यावधिक गर्ने निर्णय गरेको हो।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू जानकी तुलाधर र सगुन शमशेर जबरा, सचिव कृष्ण राउतसहित राजनीतिक दल तथा कानून महाशाखा हेर्ने पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो।
विशेष महाधिवेशन पक्षले पुस ३० गते विशेष महाधिवेशन सम्पन्न भएपछि बिहीबार विवरण अद्यावधिका लागि आवश्यक कागजातसहित आयोगमा निवेदन पेश गरेको थियो।
यता, विशेष महाधिवेशन पार्टीले आह्वान नै नगरेको भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको टोली पनि आयोग पुगेको थियो।
तर, निर्वाचन आयोगले कांग्रेसको विधानअनुसार भएको विशेष महाधिवेशनलाई आधिकारिकता दिएको छ। आधिकारिकता पाएसँगै आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते हुने उम्मेदवारी दर्तामा अब कांग्रेसका उम्मेदवारले सभापति थापाको हस्ताक्षरमा टिकट पाउने भएका छन्।
कांग्रेस विधानको धारा १७ को उपधारा (२) बमोजिम आह्वान गरिएको विशेष महाधिवेशनलाई आयोगले आधिकारिकता दिएसँगै तत्कालका लागि नेतृत्वको वैधतासम्बन्धी विवाद टुंगिएको छ। आयोगको यो निर्णयसँगै असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने सम्भावना देखिएको छ।
पुस २७ का लागि आह्वान भएको विशेष महाधिवेशन रोक्न शेरबहादुर देउवा पक्षले प्रयास गरे पनि देशभरबाट सहभागी महाधिवेशन प्रतिनिधिहरूले महाधिवेशन सम्पन्न गरेका थिए।
कांग्रेस विधानको धारा १७ को उपधारा (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि वा केन्द्रीय कार्यसमितिले विशेष केन्द्रीय महाधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ। “केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ,” उक्त उपधारामा भनिएको छ। सोही व्यवस्थाअनुसार विशेष महाधिवेशन आह्वान भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
