महावीर पुनले दिए म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी

मंगलबार बिहान मात्रै मन्त्रीबाट राजीनामा दिएका पुनले म्याग्दीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।

तस्वीर: घनश्याम खड्का/उकालो

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट चुनाव लड्ने भएका छन्। 

पुनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। पुनले म्याग्दीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराएका छन्। 

“कुनै पनि दलले र कोही नेताले पनि केही काम गरेनन्, आविष्कार केन्द्रबारे कसैले केही गरेन,” उनले भने, “म कुनै दलको झोले बन्दिन। स्वतन्त्र रूपमा उठेको छु।” मनोनयन दर्तापछि पुनले भने।

null

पुनले मंगलबार बिहान मात्रै मन्त्रीबाट राजीनामा दिएका थिए। जेन–जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा पुन मन्त्री बनेका थिए।

यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन्।