सार्वजनिक जग्गाको अतिक्रमण र अनधिकृत बसोबास हटाउन चन्द्रागिरि नगरपालिकाले १५ दिनको समयसीमा तोकेपछि चन्द्रागिरिकै नयाँ नैकापमा सिप्रदी ट्रेडिङले हडपेको बल्खु खोला क्षेत्रको विषय पुनः उठेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्षी दलको अवरोधबीच निर्वाचन, मतदाता नामावली र विधि विज्ञान प्रयोगशालासँग सम्बन्धित तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित अहमद वाहिदीलाई अमेरिकासँग सम्भावित युद्ध अन्त्यसम्बन्धी वार्तामा इरानको कडा र अडिग रणनीति तयार पार्ने प्रमुख पात्रमध्ये एक मानिएको छ ।
उचित व्यवस्थापन र स्पष्ट कार्ययोजनाबिना नै सुकुमवासी बस्ती हटाउँदा नागरिकको संविधानप्रदत्त मौलिक हक खोसिएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
भारतका प्रधानन्यायाधीशले केही दिनअघि गरेको युवालक्षित एउटा टिप्पणीबाट शुरू भएको ‘कक्रोच जनता पार्टी’ नामको अभियानले जेन–जी आन्दोलनकै झल्को दिने हलचल ल्याइरहेछ।
कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति शुरू गरेको छ।
नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ।
कथाको मुख्य पात्र एक काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारद्वारा प्रायोजित ताइवान यात्रामा जान्छिन्। उनीसँगै उनको ताइवानी अनुवादक ओ चिजुरु पनि छिन्, जोसँग उनी प्रेममा पर्छिन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सिखोला, कालिखोला र तुइन खोलामा अत्याधुनिक ‘रक नेटिङ’ र ‘बायोइन्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथाम गरिने भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका १८ वटा विपद्जन्य घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम मंगलबार सर्वसम्मतिले अनुमोदन गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क लगाउने चेतावनीपछि करिब एक वर्षदेखि अड्किएको व्यापार सम्झौतालाई अन्तिम रूप दिन ईयूका प्रतिनिधि र सदस्य राष्ट्रहरू निर्णायक छलफलमा जुटेका छन्।
मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ मा सीमित भएको छ भने ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद–बिक्री भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।
नेपाल मेडिकल काउन्सिलले ३६ जना गैरआवासीय नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सीले 'हान्ताभाइरस'को पहिलो संक्रमण पुष्टि भएको जनाएको छ।
राष्ट्रियसभाको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै कृषि, रोजगारी, चुरे संरक्षण र डिजिटल हिंसाजस्ता जनसरोकारका मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।