AnonymousUser

Logout

इकोनमी टिकटलाई बिजनेसमा सार्ने चलनमा नेवानिको रोक

नेवानिका बोर्ड अध्यक्ष विक्रम राईले शपथ लिएसँगै पैसा नतिरि बिजनेस क्लासमा अपग्रेड गराउने चलनमाथि रोक लगाउन निमित्त महाप्रबन्धक र व्यवस्थापकलाई निर्देशन दिएका छन्।

बिहार विधानसभा निर्वाचनसँग के छन् नेपालको सरोकारका विषय?

सीमा सम्बन्ध मात्र नभएर सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सरोकार पनि बिहारसँग गहिरो रूपमा जोडिने भएकोले त्यहाँको चुनाव र राजनीतिक परिवर्तनले नेपालका लागि अर्थ राख्दै आएको विश्लेषक बताउँछन्।

न्युयोर्कको मेयरमा जोहरान मामदानी विजयी

३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढीको इतिहासमा न्युयोर्क शहरका सबैभन्दा कान्छो तथा पहिलो मुस्लिम मेयर बन्न सफल भएका छन्।

देशभर बढे आगलागीका घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन्।

च्याम्पियन्स लिग

रियल मड्रिडमाथि लिभरपुलको जित

च्याम्पियन्स लिगकै अर्को खेलमा बायर्न म्युनिकले साबिक विजेता पेरिस सेन्ट जर्मेनलाई २–१ ले हरायो।

यस्तो रहनेछ बुधबारको मौसम

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

मुस्ताङको ‘छुआमा’ हिमालको पहिलो सफल आरोहण

माथिल्लो मुस्ताङस्थित ६ हजार २१३ मिटर उचाइको 'छुआमा' हिमालको पहिलो सफल आरोहण भएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि २ फरक प्रस्ताव पेश

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेश गरेका छन्।

प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी काफ्ले

प्रहरी प्रधान कार्यालयले डीआईजी अबि नारायण काफ्लेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको छ।

मलेसियाको १० बुँदे मापदण्डबारे कूटनीतिक समाधानका लागि पत्राचार

मलेसियाले वैदेशिक रोजगारका सन्दर्भमा म्यानपावर कम्पनीलाई निर्धारण गरेको १० बुँदे मापदण्ड लागू गर्न नसकिने जनाउँदै नेपाल सरकारले कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि पत्राचार गरेको छ।

हितेन्द्रदेव शाक्यको मुद्दामा कारण देखाऊ आदेश

अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा कात्तिक २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

एनपीएलः दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि अपारदर्शी खेल

एनपीएलको पहिलो सिजनको ‘ब्लकबस्टर’ सफलतालाई प्रतियोगिता सकिएसँगै क्रमशः उजागर त्यसभित्रका अपारदर्शी खेलले खल्लो बनाए। दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि त्यस्तै खेल दोहोरिँदै गरेका तथ्य बाहिर आउँदै छन्।

एआईमा ३ गुणा लगानी, रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने दक्षिण कोरियाको घोषणा

राष्ट्रपति लीका अनुसार आगामी वर्षको एआई बजेटमध्ये २६ खर्ब वोन उद्योग, दैनन्दिन जीवन र सार्वजनिक क्षेत्रमा एआई प्रविधिको विस्तारमा खर्च गरिनेछ भने ७५ खर्ब वोन प्रतिभा विकास र पूर्वाधार निर्माणमा लगानी हुनेछ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको छुट्टै भेला

भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसीलगायतका नेताहरूले तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरे।

मंगलबार ‍नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक २७.६४ अंक अर्थात् १.०५ प्रतिशतले घटेर २५९५.२४ को बिन्दुमा कायम भएको छ।

सरसफाइ नभएको भन्दै ओम अस्पतालको क्यान्टिन ७ दिन बन्द

काठमाडौँ महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग टोलीले गरेको अनुगमनका क्रममा सरसफाइमा लापरबाही गरेको पाइएपछि ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिएको छ।

रोल्वालिङ हिमपहिरो: ५ घाइतेको उद्धार, ७ बेपत्ता

दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परी घाइते भएको पाँच जनाको उद्धार गरिएको छ भने अन्य सात जना बेपत्ता भएका छन्।

मूल्य खस्किएपछि समस्यामा दाङका अदुवा किसान

राम्रो मूल्य पाउने आशमा अन्य कृषि बाली छोडेर अदुवा रोपेका दाङका किसान निराश छन्। मूल्य घटेका कारण उनीहरूले अदुवा खनेकै छैनन्।

पेरुले किन तोड्यो मेक्सिकोसँग कूटनीतिक सम्बन्ध?

पेरुले आफ्नो सार्वभौम अधिकारको सम्मान गर्न पटक–पटक आग्रह गर्दा पनि मेक्सिकोले आफ्नो गैरकूटनीतिक व्यवहार परिवर्तन नगरेको आरोप लगाएको छ।

के मतदाता नामावलीमा दर्ता हुनासाथ मतदान गर्न पाइन्छ?

१६ वर्ष पुगेसँगै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाइन्छ। तर निर्वाचन आयोगले १८ वर्ष पुगेका मतदाताको मात्र अन्तिम नामावली प्रकाशित गर्छ। कसरी हुन्छ नाम दर्ता?