नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३८ हजार ३०० र चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
पोखरा जोड्ने मुख्य सडकमा खाल्डाखुल्डीका कारण यात्रु र चालकलाई सास्ती भएको छ। यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ।
बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको छ।
अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र परेको छ। पुल बन्ने आशमा रहेका स्थानीय निराश छन्।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नारायणगढ–बुटवल सडक विस्तारको काम शुरू भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ।
जेनजी प्रदर्शनका क्रममा फरार भएका १६५ बन्दी नफर्किएकाले २० बालबन्दीले जान पाउनुपर्ने माग गर्दै आइतबार दिउँसो बाल सुधारगृहभित्र विद्रोह गरी गेट फुटाएर भागेका थिए।
पूर्वी समरका गभर्नरका अनुसार गुयुआन, मर्सिडिज र साल्सेडोका तटीय शहरका ७० हजारभन्दा बढी नागरिकलाई सुरक्षित निकासी केन्द्रहरू, बलियो कंक्रिट घर वा सामुदायिक भवनहरूमा सारिएको छ।
मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा परेकी एक विदेशी महिला पर्यटकलाई चार दिनसम्म पनि फेला पर्न सकिएको छैनन्।
सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ।
गत वर्षको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको करिब ३० किमि खण्ड पटकपटक बग्दा अस्थायी डाइभर्सनमा मात्र करिब ६ करोड खर्च भइसकेको छ, तर ठेक्का लागेर पनि स्थायी संरचना बनाउन अझै शुरू भएको छैन।
महासंघले महसुल बक्यौता बुझाउने गरी दिइएको २८ किस्ताको सुविधाअन्तर्गतको एक किस्ता बराबरको रकमलाई विवादित मानी धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् लाइन जोड्ने प्रस्ताव अघि सारेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको केन्द्रीय समिति बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।
जाँचबुझ आयोगको पत्राचारपछि, प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा बढी क्षति भएका क्षेत्रमा खटिएका इन्चार्जहरूलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको छ।
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नाबालिग बलात्कारमा व्यापारी सुशील चटौतलाई ललितपुर अदालतले दोषी ठहर गरे पनि उच्च अदालतले सफाइ दिएको थियो। कांग्रेस नेता उमेश श्रेष्ठसँग सम्बन्ध जोडिएका सुशीलको मुद्दा सर्वोच्च नलैजान प्रक्रिया अगाडि बढाइएको छ।
दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडकखण्ड भने दुईतर्फी सुचारु भइसकेको छ।
कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ। आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने पनि गर्छ।