सोमबार नेप्से परिसूचक १.०३ अंकले ओरालो लागेर २,७३०.९१ मा सीमित हुँदा साढे २ अर्ब रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानूनी प्रक्रिया पुर्याएर आएका रिट निवेदनहरू नरोकी दर्ता गर्न आदेश दिएकी छन्।
नेपाल २६ खेलमा ९ जित, १५ हार र २ खेलमा नतिजाविहीन हुँदै २० अंकसहित सातौँ स्थानमा छ।
मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम १४ प्रतिशत मात्रै रहेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ।
इरानले सभामुख मोहम्मद बाघेर गालिबाफलाई चीनसँगको सम्बन्ध र रणनीतिक सहकार्य हेर्ने विशेष प्रतिनिधि नियुक्त गरेको छ।
नवलपुरको खरकट्टा जंगल क्षेत्रमा कार अनियन्त्रित भई पल्टिँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
धरान उपमहानगर–५ स्थित लेदुवा खोलामा निर्माणाधीन पुल सम्झौता भएको सात वर्ष बित्दासमेत अलपत्र रहँदा स्थानीय बासिन्दा र विद्यार्थी बर्खायाममा ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।
पर्यावरण संरक्षण र कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालले सार्थक प्रयास गरे पनि आवश्यक संयन्त्र र प्राविधिक तयारीको अभावमा कार्बन व्यापारबाट उचित लाभ हासिल हुन नसकेकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ।
सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो।
संसारभरका रेस आयोजकमध्येबाट छनोट हुने यो एम्सको प्रतिष्ठित अवार्ड हो।
अमेरिका र इजरायलले इरानमाथि फेरि आक्रमण गर्ने तयारी गरिरहेको समाचारकै बीच ट्रम्पको यस्तो पोस्ट आएको छ।
मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले करोडौँ खर्चिएर खरिद गरिएका अत्याधुनिक उपकरणहरू लामो समयदेखि सरकारी स्वास्थ्य संस्थाका गोदाममा थन्किएको देखाएको छ।
मर्दी हिमाल पदयात्राका क्रममा भ्युपोइन्टबाट हराएका काठमाडौँका भिक्षु धामिसरो चार दिनपछि खोँचमा मृत फेला परेका छन्।
महालेखा परीक्षकको प्रतिवेदनले त्रिभुवन, सुदूरपश्चिम र पोखरा विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा लगाउन सुझाव दिएको छ।
कुशल भुर्तेलको अविजित शतक र दीपेन्द्रसिंह ऐरीको चार विकेटको मद्दतले नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ।
तेलको मूल्य लगातार बढेपछि लगानीकर्तामा आर्थिक चिन्ता थपिँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।