पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र पहिरो झर्ने क्रम जारी रहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ।
विराटनगरबाट धनगढीतर्फ गइरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो।
शनिबारकै अन्य खेलमा आर्सनल, ब्राइटन र क्रिस्टल प्यालेस पनि विजयी भएका छन्। म्यानचेस्टर युनाइटेड र नटिङघम फोरेस्टले बराबरी खेलेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा, सात जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारका लागि धनगढी 'रेफर' गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निजी अस्पतालहरूले क्षमताअनुसार हाललाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गरेर पूर्ण सरकारी सरहको तलब पुर्याउने सहमति भएको छ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी थिइन्।
एमालेको सचिवालय बैठकले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११औँ महाधिवेशनको स्थल परिवर्तन गरी काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।
काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
धान भित्र्याउने र नयाँ बाली लगाउने समयमा परेको बेमौसमी वर्षाले रुपन्देहीको मर्चवार क्षेत्रका किसानलाई थप चिन्तित बनाएको छ।
भोजपुरको षडानन्द नगरपालिका–४ मा चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
दक्षिणी भारतको आन्ध्र प्रदेशको कासीबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन गोलाखर्क भन्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम अनुदान नछुट्याइएको मात्र नभई तल्लो तहमा पठाउने भनेर तोकिएको रकमसमेत आंशिक रूपमा हस्तान्तरण हुने गरेको पाइएको छ।
लुक्ला र नाम्चे बजारका होटल पर्यटकले भरिएका छन्। नाम्चेमा मात्रै करिब एक हजार २०० पर्यटक रोकिएको जनाइएको छ।
दुर्घटनामा घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।
सडक अवरुद्ध हुँदा स्थानीयलाई गन्तव्यमा पुग्न समस्या भएको छ। निर्माण सामग्री तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीका साथै स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको छ।
पाकेर पहेँलपुर भएको धान थन्क्याउनका लागि काटेर खेतमै सुकाइएको थियो। सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको छ।