कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका तराई भूभाग र बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ।

त्यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी तथा तराई  भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित  मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।