AnonymousUser

Logout

कोशी र गण्डकीका हिमाली भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

काभा महिला भलिबलः नेपाल फाइनलमा

कोलम्बोमा शनिबार भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो।

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा साढे ३ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

त्रिभुवन विमानस्थलको ‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयरफिल्ड लाइटिङ प्रणाली’मा समस्या आउँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएको छ।

मधेशका मुख्यमन्त्री सोनलले गरे राजीनामाको घोषणा

विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बसेको मधेश प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामाको घोषणा गरेका हुन्।

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुषा सिंह ठकुरीले जितेका छन्।

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : पूर्वसहसचिव कार्की पक्राउ

नेपाल ट्रस्टको जग्गा हिनामिनासम्बन्धी ठगी र आपराधिक विश्वासघातको कसुरमाथिको अनुसन्धानका क्रममा सीआईबीले ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

‘शटडाउन’को असर : अमेरिकी एयरलाइन्सले रद्द गरे करिब एक हजार उडान

हाल अमेरिकामा करिब चार प्रतिशत उडान कटौती गरिएका छन्। यातायातमन्त्री सेन डफीका अनुसार ‘शटडाउन’ लामो समयसम्म रहिरह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ।

बागलुङमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

बागलुङको ढोरपाटनमा पिकअप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

हङकङ सिक्सेस: नेपालसँग भारत ९२ रनले पराजित

नेपालले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो।

लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जिपमा सवार ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल छन्।

प्रभु बैंक मुख्यालयमा सीआईबीको छापा, सीईओ शेरचन भागे

सीआईबीले शुक्रबार दिउँसो साढे २ बजेदेखि राति साढे १० बजेसम्म बैंकको केन्द्रीय कार्यालय अनामनगरमा छापा मरेर दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको छ।

मधुमेह र समयअघि नै जन्मिएका नवजात शिशुको स्वास्थ्य सचेतनामा जोड

आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम तथा अन्धोपनाबाट धेरैभन्दा धेरै जनसंख्यामा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।

कांग्रेस नेता अफताव आलमको निधन

आलमलाई दशैँअघिदेखि अस्पतालमा राखिएको थियो। एक सातायता स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

जिल्लामा यस वर्ष नौ हजार ९८८.०३ हेक्टर खेतमा धानबाली लगाइएको थियो। जसमध्ये ६ हजार ९९१.६ हेक्टर खेतमा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको छ।

हङकङ सिक्सेसमा नेपाल दक्षिण अफ्रिकासँग पराजित

नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

वेदकोट नगरपालिका–८, आमथलास्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

सुरक्षा खतरा भन्दै रुसी नागरिकका लागि भिसा नियममा ईयूले गर्‍यो थप कडाइ

धेरै सदस्य राष्ट्रहरूमा ड्रोन आक्रमण र आगजनीका शंकास्पद घटनाहरू बढेपछि ईयूले त्यसलाई रुसी 'हाइब्रिड युद्ध'को खतरा मान्दै भिसा प्रतिबन्धको उपाय अपनाएको छ।