आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा नेपालले अमेरिकासामु ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
नेपाल क्रिकेट संघ

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा नेपालले अमेरिकासामु ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनायो।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए। उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। आसिफ शेखले ५७ बलमा ४३ रन बनाए भने कप्तान रोहित पौडेलले ५९ बलमा ४६ रन जोडे।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे। कुशल भुर्तेलले २९ रन बनाए। गुल्शन झाले १५ तथा आरिफ शेख १० बलमा १८ रनमा अविजित रहे।

अमेरिकाका लागि शुभम रञ्जानेले ३ विकेट लिए। मिलिन्द कुमार र रुसिल उगारकरले समान १–१ विकेट लिए।