आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दै

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकासँग खेल्दैछ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दै
नेपाल क्रिकेट संघ

काठमाडौँ– नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकासँग खेल्दैछ। खेल त्रिवि क्रिकेट रंगशालामा बिहान ९:३० बजे शुरू हुनेछ। तर काठमाडौँमा वर्षा भइरहेका कारणले खेल प्रभावित हुनसक्ने सम्भावना पनि रहेको छ।

यो जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेल हो। शृंखलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन्। नेपालले यसअघि अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो भने स्कटल्यान्डविरुद्ध एक खेलमा २ रनको हार र अर्को खेलमा जित निकालेको थियो।

विश्वकप लिग–२ को अंक तालिकामा अमेरिका शीर्षस्थानमा छ। अमेरिकाले २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंक बनाएको छ। नेपाल २७ खेलमा १० जित, १५ हार र २ खेलमा नतिजाविहीन हुँदै २२ अंकसहित पाँचौँ स्थानमा छ।

नेपाल पछिल्ला पाँच खेलमध्ये चार खेलमा विजयी भएको छ। घरेलु मैदानमा भइरहेको शृंखलामा नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।