AnonymousUser

Logout

निर्वाचन प्रयोजनार्थ उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राष्ट्र बैंकले उम्मेदवार तथा राजनीतिक दलहरूका लागि चुनावी खर्च प्रयोजनार्थ छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ।

ग्रोक एआईमार्फत ‘डिपफेक’ तस्वीर बनाएको भन्दै एक्समाथि ईयूको अनुसन्धान

युरोपेली युनियनले इलन मस्कको ‘ग्रोक एआई’मार्फत महिला र बालबालिकाको यौनजन्य सामग्री उत्पादन भएको भन्दै सामाजिक सञ्जाल ‘एक्स’माथि अनुसन्धान शुरू गरेको छ।

निर्वाचन आचारसंहिता उल्लंघन: मुख्यमन्त्रीसहित ८ पक्षसँग स्पष्टीकरण सोधिएकोमा एउटाको मात्र आयो जवाफ

निर्वाचन आचारसंहिता लागू भएयता माघ ११ गतेसम्म त्यसको उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले कोशीका मुख्यमन्त्री, विभिन्न दलका उम्मेदवारसहित आठ पक्षसँग स्पष्टीकरण माग गरे पनि हालसम्म एक जनाले मात्र जवाफ दिएका छन्।

४ जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

सरकारले तामाकोशी पाँचौँसहित चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोगको अनुमति दिनुका साथै नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी तोकेको छ।

भारतीय नागरिकलाई नागरिकता दिलाएको अभियोगमा ६ जनाविरुद्ध मुद्दा

झूट्टा विवरणका आधारमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको अभियोगमा अख्तियारले दाङको राजपुर गाउँपालिका–४ का तत्कालीन वडाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

संरक्षण सफलतामा लुकेको संकट: मध्यवर्तीका स्थानीयलाई ज्यान जोगाउनै मुस्किल

सल्यान र सुर्खेतको सीमामा एक हप्तामा तीनजनाको ज्यान लिने बाघ बाँके वा बर्दिया निकुञ्जबाट निस्किएको अनुमान छ। सन् २००९ पछि संख्या बढिरहेका बाघलाई अब नेपालका वनले नधान्ने मध्यवर्ती क्षेत्रका बासिन्दा बताउँछन्।

मापदण्ड पुऱ्याएर मात्र भुक्तानी दाबी गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

स्वास्थ्य बीमा बोर्डले भुक्तानी दाबीमा हुने त्रुटि र अस्वीकृत दर घटाउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पुनरावलोकन समिति गठन गरी मापदण्डबमोजिम मात्र दाबी प्रविष्ट गर्न आग्रह गरेको छ।

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकममा भने वृद्धि

सोमबार नेप्से परिसूचक ३.०७ अंकको गिरावटसहित २७६९.०९ को विन्दुमा कायम भए पनि कारोबार रकम भने १६ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ।

दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने

चिनियाँ नयाँ वर्षको अवसरमा आगामी जनवरी ३१ मा दशरथ रंगशालामा नेपालको राष्ट्रिय यू२० महिला फुटबल टोली र चीनको युनान युथ महिला टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ।

म्याग्दीको दोसल्लेमा बल्ल शुरू भयो सुन्तला टिप्ने चटारो

पोखरा र काठमाडौँका व्यवसायीहरू सुन्तला खरिद गर्न बगैँचामै पुगेपछि अहिले म्याग्दीको दोसल्लेमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। सुन्तला खेतीकै कारण गाउँबाट हुने बसाइँसराइ समेत रोकिएको छ।

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर समाचार सम्प्रेषण गर्न आयोगको आग्रह

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतलाई मात्र आधार बनाउन सञ्चारमाध्यमहरूसँग आग्रह गरेका छन्।

महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको हो।

चीनका सडकमा अब रोबोटिक ट्राफिक अफिसर

यो रोबोट एकै ठाउँमा मात्र सीमित नभएर आवश्यकताअनुसार सडकको जुनसुकै स्थानमा स्वतन्त्र रूपमा आवत जावत गर्न सक्षम छ।

ओली अभिव्यक्तिः मधेशद्वेषको निरन्तरता

ओलीले प्रतिस्पर्धी शाहलाई कमजोर तुल्याउन धनुषा र महोत्तरीमा गुइँठा बाल्ने चलनमाथि वितृष्णा पोखे। शाहको पुर्ख्यौली घर महोत्तरी हो। तर ओलीले फरक समुदायप्रति पहिलोपटक नकारात्मक टिप्पणी गरेका होइनन्।

भारतले आज ७७औँ गणतन्त्र दिवस मनाउँदै

यस वर्षको समारोहमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह

गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ।

नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा तथा श्रमिक अधिकार संरक्षण लगायतका विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

महिला टी–२० विश्वकप ग्लोबल छनोट: जित्नैपर्ने दबाबका साथ नेपालले स्कटल्यान्डको सामना गर्दै

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ।

के बोटबिरुवामा चेतना हुन्छ?

चेतनाका लागि आवश्यक पर्ने व्यक्तिनिष्ठ अनुभूति, स्थिर सूचना–प्रशोधन संरचना, उन्नत सिकाइ क्षमता र स्नायु प्रणाली बोटबिरुवामा भएको यथेष्ट प्रमाण आजसम्म भेटिएका छैनन्।

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ।