जनवरीको मध्यदेखि रुसको साइबेरियाबाट आएको चिसो हावा मंगोलियाको ठूलो भू–भागमा फैलिएपछि जनजीवन प्रभावित भएको छ भने तापक्रममा भारी गिरावट आएको छ।
मंगोलियामा सन् २०२६ को जनवरी महिनामा मात्रै अत्यधिक चिसो (हाइपोथर्मिया)का कारण १३ जनाको मृत्यु भएको छ। देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए)ले मंगलबार जारी गरेको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये अधिकांशले मदिरा सेवन गरेको पाइएको छ।
एनपीएले विज्ञप्ति जारी गर्दै चिसोको उच्च जोखिमका बेला हाइपोथर्मियाबाट हुने मृत्युको मुख्य कारक मदिरा सेवन नै रहेको उल्लेख गरेको छ। जनवरीको मध्यदेखि रुसको साइबेरियाबाट आएको चिसो हावा मंगोलियाको ठूलो भू–भागमा फैलिएपछि जनजीवन प्रभावित भएको छ भने तापक्रममा भारी गिरावट आएको छ।
मंगोलियाको मौसम विज्ञान विभागका अनुसार गत जनवरी २१ मा उत्तरी मंगोलियन प्रान्त सेलेन्जको एरु सोममा रातको तापक्रम माइनस ४५.२ डिग्री सेल्सियससम्म झरेको थियो। मंगोलियामा हिउँदको समय लामो हुने र तापक्रम प्रायः माइनस २५ देखि माइनस ४५ डिग्री सेल्सियसको बीचमा रहने गर्दछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
