प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।
काठमाडौँ– आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।
यस्तै, प्रत्यक्षतर्फको लागि आवश्यक पर्ने मतपत्रको छपाइ सोमबारबाट शुरू भइसकेको पनि आयोगले जानकारी गराएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार एक कार्यक्रमबीच छपाइ मेसिनको स्वीच अन गरेर मतपत्र छपाइ शुभारम्भ गरेका हुन्। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ हुनेछ।
प्रत्यक्ष अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने आयोगले जनाएको छ। मतपत्र छपाइ कार्य निकै संवेनशील रहेकाले कुनै गल्ती गर्ने छुट नभएको भन्दै आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गर्ने गरेको कार्यवाहक आयुक्त भण्डारीले बताए।
आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा मतपत्र पुर्याउने लक्ष्य राखेको छ। सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ। उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने छ।
आयोगका अनुसार प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने छ। प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
कार्यवाहक प्रमुख भण्डारीले राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचन अचारसंहिताको पूर्ण परिपालना हुनेमा आयोग विश्वस्त रहेको पनि बताए। निर्वाचन आयोगले यसपटक आचारसंहितामा व्यवस्था गरेका प्रावधानहरूलाई कडाइका साथ कार्यान्वयन गर्ने उनको भनाइ छ।
"सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति एवं एकले अर्को पक्षलाई निषेध गर्ने प्रवृत्तिप्रति आयोग कठोर रूपमा प्रस्तुत भएको छ," उनले भने। आयोगबाट सामाजिक सञ्जाल, सञ्चारमाध्यम, अयोगमा विभिन्न माध्यमबाट आएका जानकारीहरू विश्लेषण गरेर आचारसंहिता उल्लंघनका घटना केलाउने कार्य शुरू भइसकेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
