मंगलबार नेप्से परिसूचक ४२.५८ अंकले घट्दा सबै समूहका उपसूचक ओरालो लागेका छन् भने कारोबार रकम १४ अर्ब १६ करोडमा सीमित भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ।
यस दिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को बिन्दुमा कायम भएको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा १.५३ प्रतिशतको गिरावट हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
यस दिन ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
कारोबार भएका सबै समूहका उपसूचकमा गिरावट आएको छ। बैंकिङ १.४९, विकास बैंक १, वित्त २.४४, होटल तथा पर्यटन १.९०, जलविद्युत् १.४१ र लगानी समूह १.७० प्रतिशतले घटेका छन्।
त्यस्तै, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४०, निर्जीवन बीमा १.७४, व्यापार ०.५१ र अन्य समूहको उपसूचक १.९७ प्रतिशतले ओरालो लागेको छ।
बजार घटे पनि सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ। अर्कातर्फ, ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा भने ६.९३ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत् कम्पनी अग्रस्थानमा रह्यो। यो कम्पनीको ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको खरिदबिक्री भयो। शेयर संख्याका आधारमा अगाडि रहेको आँखुखोला जलविद्युत्को १७ लाख ८० हजार ८८८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
