इरानमा प्रदर्शनकारीमाथि भएको दमनमा ५ हजार ८४८ जनाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएसँगै अमेरिकाले सैन्य सक्रियता बढाएपछि तेहरानले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।
इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनमा सुरक्षा फौजको दमनबाट करिब ६ हजार जनाको मृत्यु भएको छ। तेहरानले वासिङ्टनलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइरहेका बेला अमेरिकास्थित एक मानव अधिकारवादी समूहले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सुरक्षा फौजको आक्रमणमा परेर मृत्यु हुनेको संख्या ५ हजार ८४८ पुगेको हो।
आर्थिक संकटका कारण डिसेम्बर अन्त्यदेखि शुरू भएको प्रदर्शन जनवरी ८ देखि इस्लामिक गणतन्त्रविरुद्ध जनआन्दोलनमा परिणत भएको थियो। अधिकारवादी समूहहरूले सरकारले १८ दिनसम्म इन्टरनेट बन्द (सटडाउन) गरी त्यसैको आवरणमा प्रदर्शनकारीमाथि प्रत्यक्ष गोली प्रहार गरेर अभूतपूर्व दमन गरेको आरोप लगाएका छन्।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेका धर्मगुरुहरूको नेतृत्व आन्दोलनका बाबजुद कायम छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेपको विकल्प खुला राख्दै यस क्षेत्रमा नौसैनिक टोली पठाइएको बताएका छन्। इरानको विदेश मन्त्रालयले भने कुनै पनि आक्रमणको ‘व्यापक र कडा जवाफ’ दिने चेतावनी दिएको छ।
गैरसरकारी संस्थाहरूले इन्टरनेट बन्द रहेका कारण वास्तविक मृतकको संख्या अझ बढी हुनसक्ने जनाएका छन्। मानव अधिकार कार्यकर्ता समूहले सुरक्षा बलका २०९ सदस्यसहित ५ हजार ८४८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य १७ हजार ९१ सम्भावित मृत्युबारे अनुसन्धान भइरहेको जनाएको छ। हालसम्म कम्तीमा ४१ हजार २८३ जना पक्राउ परेका छन्।
इरानी अधिकारीहरूले आफ्नो पहिलो आधिकारिक तथ्यांकमा ३ हजार ११७ जनाको मृत्यु भएको उल्लेख गरेका थिए। उनीहरूले मारिनेमध्ये अधिकांश सुरक्षाकर्मी वा ‘दंकाकारी’बाट मारिएका निर्दोष नागरिक भएको दाबी गरेका थिए। इन्टरनेट अवरुद्ध हुँदा दमनको वास्तविक सीमा अस्पष्ट भएको ‘नेटब्लक्स’ले जनाएको छ। इरान बाहिरको फारसी भाषाको टिभी च्यानल ‘इरान इन्टरनेसनल’ले भने जनवरी ८–९ को अवधिमा मात्रै सुरक्षा फौजले ३६ हजार ५०० भन्दा बढीको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको छ।
तेहरानमा अमेरिकी हस्तक्षेपको सम्भावना बढ्दै गएपछि ट्रम्पले विमान वाहक ‘यूएसएस अब्राहम लिंकन’लाई उक्त क्षेत्रमा पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। इजरायलले पनि इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई निशाना बनाउँदै १२ दिनसम्म गरेको हवाई आक्रमणमा वरिष्ठ सुरक्षा अधिकारीहरू मारिएको बताइएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले हस्तक्षेपविरुद्ध चेतावनी दिँदै इरान ‘आफ्नै प्रतिरक्षा क्षमतामा विश्वस्त’ रहेको बताएका छन्। तेहरानको केन्द्रीय एंगोलाब स्क्वायरमा अमेरिकाविरोधी बिलबोर्ड राखिएको छ, जसमा अमेरिकी विमान वाहक नष्ट भएको देखाइएको छ।
सर्वोच्च नेता अयातुल्ला अली खामेनीले जनवरी १७ को सार्वजनिक भाषणमा प्रदर्शनकारीलाई ‘राजद्रोही’को संज्ञा दिँदै उनीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए। यता, लेबनानमा इरान समर्थित हेजबुल्लाहले अमेरिकी–यहुदी धम्कीको विरोध गर्दै विभिन्न क्षेत्रमा र्याली आयोजना गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
