AnonymousUser

Logout

चुनावी हल्ला र मौन अर्थतन्त्र: नेपाल मन्दीतर्फ धकेलिँदै छ?

घट्दो प्रजननदर र बढ्दो ज्येष्ठ जनसंख्याको कारण अबको २०–२५ वर्षमा श्रमशक्ति घट्ने र निवृत्त जीवन एवं ज्येष्ठ नागरिकको स्वास्थ्य तथा सामाजिक व्यवस्थापनको खर्च बढ्दै जानेछ।

हिमाली भूभागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

एआई र दक्षतालाई बढावा दिँदै अमेजनले १६ हजार रोजगारी कटाैती गर्ने

यो कटौती कम्पनीको व्यापक पुनर्संरचना योजनाको हिस्सा हो, जसमा अक्टोबरदेखि नै करिब ३० हजार रोजगारी कटौती गर्ने योजना थियो।

‘सुरक्षित’ क्षेत्रमा पुरुष, ‘अनिश्चित’मा महिला

चुनावी राजनीतिमा समावेशिताको नारा घन्किए पनि दलहरूले महिलालाई ‘कठिन’ क्षेत्रमा उम्मेदवार सीमित गर्ने प्रवृत्ति छ। ठूला दलका प्रमुख नेता वा प्रभावशाली पुरुष उम्मेदवार भएका क्षेत्र यसका उदाहरण हुन्।

६ महिनामा मात्र मधेशमा २ हजार ५७२ जना सम्पर्कविहीन

मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरूको संख्या धेरै रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

आयोगका कर्मचारीलाई चुनावी चटारो (तस्वीरहरू)

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाहरूमा पठाउने कार्य भइरहेको छ।

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढ्दै २ हजार ७३१.८९ बिन्दुमा पुगेर बन्द भएको छ।

स्थलगतः झापा–५

ओलीलाई बिरासत जोगाउने चुनौती, ‘इतिहास रच्ने’ दाउमा बालेन

फागुन २१ मा हुने निर्वाचनमा ‘हेभीवेट’ भिडन्तका रूपमा हेरिएको झापा–५ को चुनावी चर्चाको केन्द्रमा छ– साढे तीन दशक लामो बिरासत जोगाउने ओलीको चुनौती र उनलाई पन्छाएर इतिहास रच्ने बालेन–रणनीति।

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङले जनाएको छ।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत  स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका छन्।

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री पवारको निधन

पवारसहित पाँच जना सवार विमान बारामतीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त विमान बिहान ८ बजे मुम्बईबाट उडेको थियो।

चुनावी खर्च ६० अर्ब आकलन, तर अपारदर्शी!

सरकारले गर्ने औपचारिक खर्च २५ अर्बबाहेक उम्मेदवारहरूबाट हुने अनुमानित २५ अर्ब र सर्वसाधारणबाट हुने १० अर्ब खर्च तथा त्यसको आय पारदर्शी नहुने अर्थशास्त्रीहरू बताउँछन्। कसरी गरिन्छ अपारदर्शी खर्च?

तोलामा ३ लाख १८ हजार ८०० पुग्यो सुन

सुनको मूल्य एकैदिन ९ हजार ५०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि बढेको छ।

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा भएको दुर्घटनामा स्थानीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको छ।

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।

बैतडी र बागलुङमा हिमपात, जनजीवन प्रभावित

ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोर क्षेत्रमा पनि हिमपात भएको छ।

द्वन्द्व, शिक्षा र शान्तिपछिको चुनौती

द्वन्द्वले शिक्षा ढालेन। समुदायले विद्यालय जोगाए। माओवादी आन्दोलन हिंसात्मक थियो, तर त्यसले महिला र सीमान्तकृत समुदायलाई पढाइबाट बाहिर राखेन। विडम्बना र विरोधाभास नै यही हो।

देशका केही स्थानमा वर्षासहित हिमपातको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती, मधेश र कोशीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

पश्चिम नेपालमा वर्षा र हिमपात शुरू, बुधबार काठमाडौँमा पनि पानी पर्ने सम्भावना

मंगलबार साँझ भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिममा वर्षा र हिमपात शुरू भएको छ भने बुधबार काठमाडौँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना छ।

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको आग्रह

मानव अधिकार आयोगले आसन्न निर्वाचनको पृष्ठभूमिमा सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल पुर्‍याउने गरी जिम्मेवार व्यक्तिहरूबाटै भइरहेका घृणाजन्य अभिव्यक्ति र अमर्यादित आरोप–प्रत्यारोपप्रति ध्यानाकर्षण भएको जनाएको छ।