देशका केही भागमा वर्षा हुने

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गए राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा बादल लाग्नुका साथै एकदुई स्थानमा हल्का हिमपात र वर्षा भएको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी  बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।

साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, तराईं भेगमा हुस्सु र कुहिरो लागेको छ।