एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ः०० बजेका लागि बोलाइएको एमालेका नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए।
काठमाडौँ— नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ।
शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए। उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ।
बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै महाधिवेशन बिहीबार औपचारिक रूपमा सम्पन्न भएको छ। भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उद्घाटन भई मंसिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरू भएको बन्दसत्र बिहीबार अन्तिम मत परिणाम घोषणासँगै समापन भएको हो।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अन्तिम चुनावी परिणाम सार्वजनिक गरेका थिए। परिणामअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीका साथै २५-२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी एवं सदस्यहरू निर्वाचित भएका छन्। अध्यक्ष पदमा ओलीले निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व सम्हालेका हुन्।
निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बासमक्ष नवनिर्वाचित अध्यक्ष ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। लगत्तै अध्यक्ष ओलीले अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको थियो। यस महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्वलाई पार्टीको कार्यभार सुम्पिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
