यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेर थन्क्याएको यो फाइलमा सीआईबीले नयाँ सिराबाट अनुसन्धान गरेको थियो।
काठमाडौँ– दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा भएको अनियमितता प्रकरणमा सात वर्षपछि नयाँ मोड आएको छ।
ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थमसेर्कु डेभलपर्स र त्यसका सञ्चालक सोनाम शेर्पाविरुद्ध सरकारी वकिल कार्यालय, काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दायर गरेको छ।
अदालतमा दायर मुद्दामा सबै प्रतिवादीविरुद्ध पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेर थन्क्याएको यो फाइलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ सिराबाट अनुसन्धान गरेको थियो। त्यही अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले ठगी मुद्दा दायर गरेको हो।
सात वर्षअघि नै यो प्रकरणमा अनियमितता र भ्रष्टाचार भएका सूचनाहरू सार्वजनिक भएका थिए। तर, तत्कालीन समयमा अख्तियारले नै अनुसन्धान रोकेर फाइल तामेलीमा राख्ने निर्णय गरेपछि यो प्रकरण ओझेलमा परेको थियो।
दरबारमार्गको 'प्राइम लोकेसन'मा रहेको जग्गा भाडामा दिने प्रक्रियामा तत्कालीन उच्च पदस्थ कर्मचारी र व्यवसायीको सेटिङकै कारण राज्यले ठूलो नोक्सानी बेहोर्नुपरेको दाबी अभियोग पत्रमा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
