उम्मेदवारले गर्ने खर्चको सीमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको संख्याको आधारमा तोकिने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ।
काठमाडौँ– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन्।
मंगलबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग दृढ रहेको प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले राष्ट्रपतिबाट निर्वाचन घोषणा भएदेखि नै आयोगले शून्यबाट काम सुरु गरेकामा हालसम्म उल्लेख्य प्रगति भएको बताए। उनले भने, “निर्वाचनको वातावरण बनिरहेको छ। निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन।”
उनका अनुसार निर्वाचनको लागि संविधान, ऐन-कानुन पुरानो भएको र प्रविधि तथा केही पद्धति परिवर्तन गर्नुपर्ने सन्दर्भ आएको उल्लेख गर्दै दैनिक रूपमा विभिन्न मागसहितका ज्ञापनपत्रहरू आइरहेका छन्। उनले निर्वाचन आयोगसँग मात्रै सम्बन्धित ऐन–कानुन र नियमहरूलाई संशोधनमार्फत सहज बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले खर्चको नियन्त्रणसम्बन्धी राखेको जिज्ञासामा भण्डारीले मितव्ययी ढंगले खर्च गर्न आयोग सचेत रहेको बताए।
“नागरिक सरकारले खर्च नियन्त्रण गर्न अघि सारेका सवालमा आयोग तयार छ, सरकारी कोषबाट हुने खर्च हामीले अत्यन्त मितव्ययी ढंगले गर्छौं,” भण्डारीले भने। उनले २०७९ सालमा भएका दुई वटा निर्वाचन पनि सोही नीतिअनुसार काम गरेर देखाइसकेको जानकारी दिए।
आयोगले दल र दलका उम्मेदवारले गर्ने खर्चको हकमा पनि कडाइका साथ सीमा तोक्ने तयारी गरेको छ। उम्मेदवारले गर्ने खर्चको सीमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको संख्याको आधारमा तोकिने भण्डारीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
