सिन्धुलीको कमलामाई नगरपालिका-६, धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने बचाउन खोज्दा अर्का एक जना घाइते भएका छन्।
सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका-६, धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका ससुरा घाइते भएका छन्।
स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्साकोठामा अचानक आगलागी हुँदा ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि बचाउन खोज्दा ससुरा दुर्गामान समेत घाइते भएका हुन्। आगोले दुर्गामानको दाहिने हात, खुट्टा र ढाड जलेको छ। उनको अहिले जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।
घटनाका बेला घरमा सासू, ससुरा र नन्द पनि साथमै रहेको प्रहरीले जनाएको छ। मृतक सुशीलाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् भने उनका दुई छोरा र एक छोरी छन्। प्रहरीले आगलागीको कारणबारे थप अनुसन्धान शुरू गरिसकेको एसपी सुवेदीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
