सिरहाको बरियारपट्टीस्थित हुलाकी सडकखण्डमा तीव्र गतिको स्कार्पियो र मोटरसाइकल एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
सिरहा— सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोक्सी निवासी मोटरसाइकल चालक मोहम्मद नदिम रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका स्कार्पियो र मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करबाट मोटरसाइकल दुई टुक्रा भएको छ भने स्कार्पियो सडकमै पल्टिएको छ। बा १ झ ००८२ (प्रदेश–०१–०२७ ब ००८२) नम्बरको स्कार्पियो र स ६ प ८६१ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर घटनास्थलको मुचुल्का उठाई अनुसन्धान शुरू गरेको र दुर्घटनाको ठोस कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
