अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङ र मनाङमा विगतमा सीमित क्षेत्रमा मात्र अध्ययन हुने गरेकोमा, यस वर्ष सम्भावित सबै वासस्थान समेट्ने गरी क्यामेरा ट्र्यापिङ प्रविधिबाट सर्वेक्षण शुरू गरिएको छ।
मुस्ताङ– मुस्ताङ र मनाङमा एकैसाथ दुर्लभ हिउँचितुवाको संख्या पत्ता लगाउन सर्वेक्षण शुरू गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले एकैसाथ सर्वेक्षण शुरू गरेका हुन्।
यसअघि एक्याप तथा हिउँचितुवासम्बन्धी अध्ययन अनुसन्धान गर्ने निकायले हिउँचितुवाको सम्भावित वासस्थान रहेका स्थानमा सीमित संख्यामा क्यामेरा ट्रयापिङ गरी सर्वेक्षण गर्दै आएका थिए। यसकारण मुस्ताङ र मनाङमा कतिको संख्यामा हिउँचितुवा छन् भन्ने यकिन हुन सकिरहेको थिएन। यस वर्ष भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङ र मनाङले हिउँचितुवाको सर्वेक्षणका लागि क्यामेरा ट्र्यापिङलगायत काम गरिरहेका छन्।
हिउँयामको सर्वेक्षणको उपयुक्त समय भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए। हिउँदयाममा समुन्द्री सतहको करिब चार हजार मिटरको उचाइमा हिउँ पर्ने भएकाले घाँसको अभाव हुने भएकाले हिउँचितुवाको आहारा प्रजाति तल झर्छन्। सर्वेक्षणका लागि मुस्ताङका १६१ ग्रिडमध्ये चार पालिकामा १३० वटाभन्दा बढी क्यामेरा ट्रयापिङ गरिने प्रमुख पौडेलको भनाइ छ।
सर्वेक्षणमा हिउँचितुवाको वासस्थान र आवतजावत गर्ने स्थानको उच्च लेकमा एक्यापका प्राविधिक तथा स्थानीयवासी परिचालन गरिएको उनको भनाइ छ। एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न हिउँचितुवाको वासस्थान रहने क्षेत्रमा ९९ वटाभन्दा बढी क्यामेरा राखिने योजना रहेको जनाएको छ।
यसैगरी, एक्याप जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्ता आसपासका क्षेत्रमा ट्रयापिङका लागि सात वटा क्यामेरा जडान गरेको छ। यसअघि यहाँको मार्फा, चिमाङ, ठिनी, झोङ र छेंगुर लगायतका लेंकमा बायोकोस नेपाल र एक्यापले १६ वटा क्योमरा राखिसकेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए।
प्रमुख गुप्ताका अनुसार मुस्ताङमा हिउँचितुवाको संख्या पत्ता लगाउन र हिउँचितुवाको आहारा प्रजातिको अवस्थासम्बन्धी अध्ययनका लागि क्यामेरा ट्रयापिङ भइरहेको बताए।
मनाङमा पनि अगस्टको दोस्रो सातादेखि हिउँचितुवाको सर्वेक्षण शुरू भइसकेको एक्याप मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार मनाङमा सर्वेक्षणका लागि १२९ वटा क्यामेरा ट्रयापिङ गरिसकेको र हाल राखिएका क्यामेराहरूको अनुगमन तथा निगरानी गर्ने काम भइरहेको छ।
“हामीले मनाङका चार पालिकामा हिउँचितुवाको वासस्थान क्षेत्रमा क्यामेरा ट्रयापिङ गर्ने काम सकेका छौँ, एकसाथ आवश्यक ठाउँमा क्यामेरा थप्ने काम भएको छ”, कार्यालय प्रमुख भुजेल भने, “यहाँ हामीले २२ वटा क्यामेरा हिमाली ब्वाँसोका लागि र बाँकी १०७ वटा क्यामेरा हिउँ चितुवा र चितुवाको अध्ययनका लागि छुट्याएका छौँ।”
मुस्ताङ र मनाङमा हिउँचितुवा सर्वेक्षणका लागि राखिएका क्यामेरा ६ महिनासम्म फिल्डमै रहने जनाइएको छ। त्यसपछि हिउँचितुवाको सर्वेक्षणका लागि राखिएका क्यामेरा निकालेर डेटा सर्वेक्षण शुरू गरिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
