गैँडाकोटमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु

गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट पैदलयात्री ८२ वर्षीय यमनाथ पौडेलको मृत्यु भएको छ।

त्रिवेणी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

ट्रकको ठक्करबाट गम्भीर घाइते पौडेलको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। ट्रक र चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।