विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेको अध्ययनको निष्कर्ष छ।
रसुवागढीको ल्हेन्दे खोलामा आएको बाढीबाट प्रभावित ४८५ जनालाई सुरक्षित रूपमा गन्तव्यमा पठाइएको छ भने काठमाडौँ उपत्यकामा पनि सशस्त्र प्रहरीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
संसद् भवनमा ड्रोन खसालेको आरोपमा टेकस्पायर कलेजका प्राध्यापक र चार विद्यार्थीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ महानगरपालिका-६, चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।
इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको शव फेला परेको छ।
बाढी र पहिरोले रसुवाको स्याफ्रुबेसी–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध छ। यो सडकमा पैदल यात्रा गर्न पनि मुस्किल भएको छ।
स्थानीयको विरोधपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चोभार गल्छीको गेग्र्यान सरसफाइको निर्णय तत्कालका लागि स्थगित गरेको छ।
विगत २४ घण्टामा देशभर भएका विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरूमा चार जनाको मृत्यु भएको छ।
पारिवारिक पुर्नमिलन कार्यक्रमअन्तर्गत क्यानडा स्थायी बसोबासमा जान तयारी गरेको तीन वर्ष भए पनि गृह मन्त्रालयले यात्रा अनुमतीपत्र नदिँदा रोशन घर न घाटको भएका छन्।
बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाउँदा आवतजावत बन्द भएको छ। स्याफ्रुवेँसीदेखी टिमुरेसम्म सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन शुरू भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपद्लाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
अवैध बाटो अमेरिका जानेहरू बढेसँगै रुकुम बैंकहरूको आकर्षणको केन्द्र बनेको थियो। तर अमेरिकी नीतिमा कडाइसँगै अमेरिका जान खोज्नेहरू गाउँमै रोकिएका छन्, बैंकबाट ऋण लिने पनि ह्वात्तै घटेका छन्।
धवलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ।
उपकुलपतिका लागि निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिवि विज्ञान संकायका पूर्वडीन प्राडा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्यालको नाम सिफारिस भएको थियो।
ज्यालामजदुरी गर्न बर्दियाबाट पहिलोपटक काठमाडौँ पसेका विशाल चौधरीको यही यात्रा अन्तिम बन्यो। निर्माणाधीन नौतले भवनमा निर्माण सामग्री ओसार्ने लिफ्टसँगै चार तलाबाट बजारिएका उनी त्यहाँबाट उठ्नै पाएनन्।
अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर र रोल्पास्थित शहीद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन्।
बागलुङ नगरपालिका–१० दब्ल्याङस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।
महानगरले ट्यांकर तथा दमकमबाट पानी ल्याएर वितरण गरिरहेको छ। यसरी खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्थानीय बताउँछन्।
बाढीका कारण जोखिमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित न्याम्डो गाउँका दुई परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।