ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार शनिबार बिहान ६ः१३ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
प्रतिकात्मक तस्वीर

काठमाडौँ– ताप्लेजुङ जिल्लाको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार शनिबार बिहान ६ः१३ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत मंसिर २८ गते मनाङको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।