स्रोतमा उत्पादित फोहोरमध्ये केवल २० प्रतिशत मात्र बञ्चरेडाँडा लैजाने र बाँकी ८० प्रतिशत फोहोरलाई सेवा प्रदायकमार्फत पुनः प्रयोग वा अन्य माध्यमबाट व्यवस्थापन गरिने महानगरले जनाएको छ।
वैदेशिक रोजगारीका लागि दुबई हिँडेर दिल्लीमा अलपत्र परेका युवकको चार महिनापछि उद्धार गरी हाल काठमाडौँमा उपचार भइरहेको छ।
जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा शुक्रबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलमा अनुगमन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री नगर्न र गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।
सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीहरूको बहाव क्षेत्र स्पष्ट देखिने आर्थिक वर्ष २०२१/२२ को सर्भे नापी नक्सा, नदीको बहाव क्षेत्र निर्धारण गरेको रावल आयोग (२०५२) को प्रतिवेदन झिकाउन पनि भनिएको छ।
प्रदेशगत आधारमा कुल भौतिक क्षतिको ६६ प्रतिशत हिस्सा बागमती प्रदेशमा रहेको छ भने भवनतर्फको ७४ र सवारीसाधनतर्फको ५८ प्रतिशत क्षति पनि यहीँ रहेको प्रतिवेदनले देखाएको छ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको विशेष महाधिवेशन फिर्ता लिने प्रस्तावलाई महामन्त्री गगन थापाले अस्वीकार गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु)बाट सुरक्षित रहन आग्रह गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि रिक्त रहेका ती मन्त्रालयको कार्यभार मौजुदा मन्त्रिपरिषद्का अन्य सदस्यलाई तोकिएको छ।
सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न माग गर्दै दायर गरिएको रिटमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
अनुसन्धानका क्रममा दिएको बयान इन्कार गर्दै अदालतमा प्रतिकूल बकपत्र गरेको अभियोगमा अख्तियारले दुई सरकारी साक्षीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्।
‘नेचर हर्ब’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
आज साँझ शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बस दुर्घटनामा परेको हो।
फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोशाकको दुरूपयोग गर्ने प्रहरी कारबाहीमा परेका हुन्।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गर्दै गैरकानूनी क्रियाकलापमा संलग्न जोसुकैलाई अविलम्ब कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव प्रदीप परियारसहित सात जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर जाने निर्णय गरेको छ।
राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ।
कोशी प्रदेशका १० जना नवनियुक्त मन्त्रीहरूले मंगलबार शपथ लिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ।