AnonymousUser

Logout

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको बैठकमा सांसदहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

भरतपुरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा, पौने ७ करोड अवैध आर्जन गरेको अभियोग

अख्तियारले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

छानबिन आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले जेनजी प्रदर्शनबारे गठित छानबिन आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गर्दै वन्यजन्तुको आक्रमण र भूकम्पपीडितले राहत नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

भारत–ईयू स्वतन्त्र व्यापार सम्झाैता– 'सबै सम्झाैताको जननी'

हाल भारत र युरोप दुवैले अमेरिकासँग व्यापारको विषयमा तनावको सामना गरिरहेका बेला यस ऐतिहासिक सम्झाैतालाई विशेष महत्वका साथ हेरिएको छ।

क्यूआर भुक्तानीमा बढ्दै ठगी, सतर्क रहन आग्रह

राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

ट्रम्पले दक्षिण कोरियालाई २५ प्रतिशत ट्यारिफ लगाउने

ट्रम्पले गत वर्ष भएको व्यापार सम्झौतालाई दक्षिण कोरियाले 'राम्रोसँग कार्यान्वयन नगरेको' आरोप लगाएका छन्।

निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छापिए, प्रत्यक्षको छपाइ हुँदै

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।

देशका केही भागमा वर्षा हुने

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्रिशूली किनारामा पुरिएको गणपति डिलक्स बसबाट निकालयो मानव कंकाल

त्रिशूली नदी किनारमा पुरिएको अवस्थामा फेला परेको गणपति डिलक्स बसभित्र मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।

इरानमा प्रदर्शनकारीमाथि दमन: ५,८४८ जनाको मृत्यु, हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी

इरानमा प्रदर्शनकारीमाथि भएको दमनमा ५ हजार ८४८ जनाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएसँगै अमेरिकाले सैन्य सक्रियता बढाएपछि तेहरानले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।

निर्वाचन प्रयोजनार्थ उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राष्ट्र बैंकले उम्मेदवार तथा राजनीतिक दलहरूका लागि चुनावी खर्च प्रयोजनार्थ छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ।

ग्रोक एआईमार्फत ‘डिपफेक’ तस्वीर बनाएको भन्दै एक्समाथि ईयूको अनुसन्धान

युरोपेली युनियनले इलन मस्कको ‘ग्रोक एआई’मार्फत महिला र बालबालिकाको यौनजन्य सामग्री उत्पादन भएको भन्दै सामाजिक सञ्जाल ‘एक्स’माथि अनुसन्धान शुरू गरेको छ।

निर्वाचन आचारसंहिता उल्लंघन: मुख्यमन्त्रीसहित ८ पक्षसँग स्पष्टीकरण सोधिएकोमा एउटाको मात्र आयो जवाफ

निर्वाचन आचारसंहिता लागू भएयता माघ ११ गतेसम्म त्यसको उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले कोशीका मुख्यमन्त्री, विभिन्न दलका उम्मेदवारसहित आठ पक्षसँग स्पष्टीकरण माग गरे पनि हालसम्म एक जनाले मात्र जवाफ दिएका छन्।

४ जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

सरकारले तामाकोशी पाँचौँसहित चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोगको अनुमति दिनुका साथै नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी तोकेको छ।

भारतीय नागरिकलाई नागरिकता दिलाएको अभियोगमा ६ जनाविरुद्ध मुद्दा

झूट्टा विवरणका आधारमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको अभियोगमा अख्तियारले दाङको राजपुर गाउँपालिका–४ का तत्कालीन वडाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मापदण्ड पुऱ्याएर मात्र भुक्तानी दाबी गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

स्वास्थ्य बीमा बोर्डले भुक्तानी दाबीमा हुने त्रुटि र अस्वीकृत दर घटाउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पुनरावलोकन समिति गठन गरी मापदण्डबमोजिम मात्र दाबी प्रविष्ट गर्न आग्रह गरेको छ।

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकममा भने वृद्धि

सोमबार नेप्से परिसूचक ३.०७ अंकको गिरावटसहित २७६९.०९ को विन्दुमा कायम भए पनि कारोबार रकम भने १६ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ।

दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने

चिनियाँ नयाँ वर्षको अवसरमा आगामी जनवरी ३१ मा दशरथ रंगशालामा नेपालको राष्ट्रिय यू२० महिला फुटबल टोली र चीनको युनान युथ महिला टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ।

म्याग्दीको दोसल्लेमा बल्ल शुरू भयो सुन्तला टिप्ने चटारो

पोखरा र काठमाडौँका व्यवसायीहरू सुन्तला खरिद गर्न बगैँचामै पुगेपछि अहिले म्याग्दीको दोसल्लेमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। सुन्तला खेतीकै कारण गाउँबाट हुने बसाइँसराइ समेत रोकिएको छ।

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर समाचार सम्प्रेषण गर्न आयोगको आग्रह

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतलाई मात्र आधार बनाउन सञ्चारमाध्यमहरूसँग आग्रह गरेका छन्।