रुसी सेनाको जनरल स्टाफका उप-प्रमुख भ्लादिमिर अलेक्सेभमाथि मस्कोस्थित आफ्नै निवास बाहिर अज्ञात समूहले गोली प्रहार गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथिका ३ हजार १३५ उम्मेदवारमध्ये प्रौढ उमेरमा पुरुष र युवा उमेरमा महिलाको संख्या बढी देखिएको छ।
यस वर्ष पहिलो प्राथमिकतामा ४२, दोस्रो प्राथमिकतामा ४१ र तेस्रो प्राथमिकतामा ३८ गरी कुल १२१ वटा विधेयक राष्ट्रियसभामा पेस गर्ने भनिएको थियो।
अफनागिस्तानमा पिठो, चामल, खाना पकाउने तेल जस्ता आवश्यक वस्तुको मूल्यमा तीव्र वृद्धि भएको छ। यसले कम आय भएका परिवार समस्यामा परेका छन्।
प्रतिवेदनहरूका अनुसार भुटानको राजधानी थिम्फु नजिकका राबुना र चेमगाङ कारागारमा हाल कम्तीमा ३६ जना राजनीतिक बन्दी रहेका छन्।
कोशीका पहाडी र हिमाली तथा गण्डकीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ।
बैतडीको पुर्चौँडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबाट हुने अमर्यादित भाषाको प्रयोग र मतदाताको गोपनीयता हनन हुने गरी भइरहेका डिजिटल गतिविधि रोक्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ।
आगामी फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फका ७२ लाखभन्दा बढी मतपत्र छपाइ सकिएसँगै निर्वाचन आयोगले २५ जिल्लाका लागि सामग्री प्याकिङको काम टुंग्याएको छ।
बालिकालाई ठक्कर दिने गाडी रौतहट–२ बाट रास्वपाका उम्मेदवार सगिर आलमको चुनावी प्रचारमा प्रयोग भइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आईसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।
अमेरिका र रुसबीचको अन्तिम सुरक्षा सन्धि 'न्यु स्टार्ट' बिहीबारदेखि निष्क्रिय भएसँगै विश्व पुनः अनियन्त्रित आणविक हतियार दौडको जोखिममा पुगेको भन्दै जापानी बमपीडितहरूले चिन्ता व्यक्त गरेका छन्।
लगातार दुई दिन घटेको नेप्से परिसूचक बिहीबार २७ अङ्कले बढेर बन्द भएको छ भने कारोबार रकम पनि वृद्धि भई ११ अर्ब ५८ करोड रुपैयाँ माथि पुगेको छ।
संखुवासभाको मकालु गाउँपालिका–५ मुढेमा गुडिरहेको ट्याक्टरबाट खस्दा टायरले किचेर उत्तर–दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर मृत्यु भएको छ।
अफगान आप्रवासीहरू घरफिर्तीको गति बढ्दै जाँदा, आप्रवासी अधिकारकर्मीले दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९८० रुपैयाँ कायम भएको छ।
तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहने विभागले जनाएको छ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले कार्यविधि ल्याइएको निर्वाचन आयोगले जनाएको छ।
यस समझदारीले टिकटकमा भ्रामक सूचना नियन्त्रण गर्नुका साथै आधिकारिक र विश्वसनीय तथ्यहरू मात्र प्रयोगकर्तालाई उपलब्ध गराउन सहयोग पुग्ने आयोगले जनाएको छ।
यसअघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यावहारिक भएको भन्दै महानगरले साइकल लेनलाई व्यवस्थित र सुरक्षित बनाइने जनाएको छ।