यस वर्ष पहिलो प्राथमिकतामा ४२, दोस्रो प्राथमिकतामा ४१ र तेस्रो प्राथमिकतामा ३८ गरी कुल १२१ वटा विधेयक राष्ट्रियसभामा पेस गर्ने भनिएको थियो।
काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, विधायन प्रक्रिया, संसद् भवनको पुनर्निर्माण तथा निर्वाचनसम्बन्धी विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्बासेले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले कार्यक्रम कार्यान्वयनमा देखिएका कमजोरी सच्याउँदै प्रभावकारी बनाइनुपर्ने धारणा राखे।
सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमाको रकम नपाएको भन्ने गुनासो बढ्दै गएको उल्लेख गर्दै बजेट अभावका कारण कार्यक्रम नै रोकिएको भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। साथै, भारतमा निपाह भाइरसको संक्रमण फैलिँदै गएको सन्दर्भमा खुला सीमाका कारण त्यस्तो संक्रमण नेपाल भित्रिन सक्ने जोखिम रहेकाले आवश्यक स्वास्थ्य सुरक्षा र सजगता अपनाउन उनले जोड दिइन्।
सांसद डा बेदुराम भुषालले चालु वर्ष सदनमा पेस गर्ने भनिएका विधेयकको मस्यौदा तयार भए–नभएको विषयमा सरकारसँग जानकारी माग गरे। उनका अनुसार यस वर्ष पहिलो प्राथमिकतामा ४२, दोस्रो प्राथमिकतामा ४१ र तेस्रो प्राथमिकतामा ३८ गरी कुल १२१ वटा विधेयक पेश गर्ने भनिएको थियो। तीमध्ये कति विधेयकको मस्यौदा तयार भइसकेको छ भन्ने विषयमा सदनलाई जानकारी गराउनुपर्ने उनले माग गरे।
सांसद मायाप्रसाद शर्माले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जलेर क्षति भएको नयाँ बानेश्वरस्थित संसद भवनको पुनर्निर्माणको अवस्थाबारे प्रश्न उठाए। उनले आवश्यक सुरक्षा व्यवस्था अपनाएर पुनर्निर्माण गर्ने भनिए पनि हालसम्मको प्रगति के छ भन्नेबारे स्पष्टता माग गरे। साथै सिंहदरबारस्थित नयाँ संसद भवन निर्माणको काम कहाँसम्म पुगेको छ भन्ने विषयमा पनि उनले सरकारसँग जवाफ मारे।
सांसद सुमित्रा बिसीले तोकिएको समयमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले निर्वाचन दुई चरणमा गर्ने र निर्वाचन मिति सार्ने अभ्यास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने धारणा व्यक्त गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
