AnonymousUser

Logout

यस्तो छ आजको माैसम पूर्वानुमान

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भेगको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

फेक रेस्क्यू प्रकरण: सिद्धि अस्पतालका सञ्चालक डा. तिमिल्सिना पक्राउ

विदेशी पर्यटकको ‘फेक रेस्क्यू’ गरी बीमा रकम ठगी गरेको अभियोगमा सीआईबीले सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ।

रुसी जनरलमाथि गोली हान्ने सन्दिग्ध दुबईमा पक्राउ

रुसी सैन्य गुप्तचर सेवाका उपप्रमुख भ्लादिमिर एलेक्सेयेभमाथि मस्कोमा गोली प्रहार गरी फरार भएका एक संदिग्धलाई दुबईबाट पक्राउ गरिएको छ।

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

टी२० विश्वकप: इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

टी२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखडे स्टेडियममा भएको खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।

बालेन शाहको घरमा चोरी गर्ने नख्खु कारागारबाट फरार कैदीसहित ३ जना पक्राउ

रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरमा चोरीको आरोपमा नख्खु कारागारबाट फरार कैदीसहित तीन जनालाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ।

टी२० विश्वकप: नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

टी२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

नेप्सेमा १० अंकको गिरावट, ११ अर्ब ६५ करोडको कारोबार

आइतबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा सीमित भएको छ भने कुल ११ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उत्तर कोरियाको पार्टी सम्मेलनमा किमले नयाँ नीति सार्वजनिक गर्ने अपेक्षा

यसै महिनाको अन्त्यमा हुने वर्कर्स पार्टीको सम्मेलनमा नेता किमले उत्तर कोरियाको आगामी पाँच वर्षे आन्तरिक तथा वैदेशिक नीतिको प्रमुख लक्ष्यहरू घोषणा गर्ने अपेक्षा गरिएको छ।

विश्वकप क्रिकेटः इंग्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

आईसीसी पुरुष टी२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

प्रतिनिधिसभा निर्वाचन: केन्द्रबाट नौ र जिल्लाबाट ३७ प्रकारका सामग्री व्यवस्थापन गरिने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका मुख्य सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका सहायक सामग्री जिल्ला तहमै व्यवस्थापन गर्ने गरी तयारी थालेको छ।

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

विश्वकै सबैभन्दा प्रदूषित शहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्यूआई मापन गरिएको छ।

हरि रोका भन्छन्: संसद् कायरहरू बस्ने ठाउँ होइन

‘अहिलेको अवस्थामा एकीकृत योजना बनाउने विषय राजनीतिक पार्टी वा उम्मेदवारहरूबाट भएको पाउँदिन। उनीहरू पुरानो संगठनको कुरा गर्ने, अरूको चरित्रहत्या गर्ने र अनर्गल कुराकानी गर्ने परिपाटीमा छन्।’

तोलामा ९ हजार ५०० रुपैयाँले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुनको मूल्य ३ लाख ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ।

टी२० विश्वकप: नेपाल इंग्ल्यान्डसँग भिड्दै

नेपाल र इंग्ल्यान्ड पहिलो पटक भिड्न लागेका हुन्। टी२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इंग्ल्यान्ड तेस्रो स्थानमा छ।

दौरा सुरुवालमा विश्व म्याराथन च्यालेन्ज दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

अमेरिकाको मायामीमा आयोजित विश्व म्याराथन च्यालेन्जको समापन समारोहमा गिनिज बुक अफ वर्ल्डका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरेका थिए।

कोशीको हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईका केही स्थानमा हुस्सु लागेको छ। बाँकी सबै प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ।

प्राधिकरणले कर्मचारीलाई भन्यो– सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादाको ख्याल गर्नू

अनावश्यक पोस्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागीय कारबाहीसमेत हुने जनाइएको छ।

जुनसम्ममा युद्ध अन्त्य गर्न अमेरिकाको दबाब रहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ

युक्रेन र रुसबीचको चार वर्ष लामो युद्ध आगामी जुनसम्ममा अन्त्य गराउने उद्देश्यका साथ अमेरिकाले फ्लोरिडामा वार्ताको प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

इलामको नयाँबजार केन्द्रविन्दु भएर भूकम्प

इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार केन्द्रविन्दु भएर शनिबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।