सरकारले प्रतिनिधिसभा निर्वाचनमा ड्रोन प्रयोगमा रोक लगाउनुका साथै सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या र भ्रमपूर्ण सूचनाको निगरानीका लागि नेपाल प्रहरीको अत्याधुनिक युनिट परिचालन गरेको छ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा साबिक विजेता बांग्लादेशलाई ४–० गोल अन्तरले हराउँदै भारत साफ यू१९ च्याम्पियन बनेको छ।
अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता भएको छ। अब भारतले अमेरिकी खेतीपाती र कलकारखानाका सामानमा कर छुट दिनेछ भने अमेरिकाले भारतीय औषधि र कपडामा सहुलियत दिनेछ।
महोत्तरीमा चुनावी चहलपहलले होटलसँगै अन्य व्यापार–व्यवसाय पनि चलायमान भएपछि स्थानीय व्यवसायीहरू उत्साहित भएका छन्।
विधेयकले राजनीतिक बन्दीलाई समेट्न नसकेको, क्षतिपूर्ति प्रदान गर्ने स्पष्ट संयन्त्र नराखेको तथा निर्वासनमा रहेका नागरिकको सुरक्षित स्वदेश फिर्तीको सुनिश्चितता नगरेको विपक्षीले आरोप लगाएका छन्।
चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय थिए।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा पहिरो र कटानका कारण यहाँ नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ।
समुद्री सतहबाट ३ हजार १२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेष गरी जाडोयाममा सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
सशस्त्र प्रहरी बल र भारतीय एसएसबीबीचको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै ४८ घण्टाअगावै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३४ पक्षलाई स्पष्टीकरण सोधेकोमा २४ को जवाफ प्राप्त भएको जनाएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिँदै ३२ जिल्लाको प्याकिङ कार्यसमेत सकिएको जनाएको छ।
केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को समीक्षा गर्दै नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
सर्वोच्च अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको आदेश सदर गरेको छ।
वीरगन्जमा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको कुटपिटमा परी एक जनाको मृत्यु भएको छ भने संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राष्ट्रियसभाले विधि विज्ञान प्रयोगशाला विधेयक पारित गर्नुका साथै सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रक्रिया अघि बढाएको छ भने अध्यक्ष दाहालले निकुञ्जसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही–३ का उम्मेदवार गोविन्द काराखेतीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
कारागारबाट फरार कैदी र लुटिएका हतियार अझै नियन्त्रणमा नआउँदा आगामी निर्वाचन भयरहित हुनेमा राष्ट्रियसभा सदस्यहरूले आशंका व्यक्त गरेका छन्।
युरोपेली आयोगले टिकटकको सिफारिस प्रणाली र डिजाइनले विशेष गरी बालबालिकामा मानसिक स्वास्थ्यको जोखिम निम्त्याएको ठहर गर्दै डिजिटल सेवा ऐनबमोजिम सुधार गर्न निर्देशन दिएको छ।
यो साता उकालोमा, सुगम लुम्बिनीको दुर्गम नियति: गर्भ बसेपछि मृत्युको भय, जयबागेश्वरी र हाडीगाउँको ‘रूप बदल्न’ १८ करोड खर्च गरिँदै, गिरीबन्धुको ५१ बिघा जमिन रोक्का भएपछि थपियो ‘चुनावी अजेन्डा’लगायतका खबरले बनाए हेडलाइन।