AnonymousUser

Logout

आजदेखि माैसममा क्रमिक सुधार

आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ।

हिउँ पन्छाएर खुलाइयो मध्यपहाडी लोकमार्ग

बाक्लो हिउँ जमेर ठप्प बनेको मध्यपहाडी लोकमार्गको बागलुङ–रुकुम खण्ड हिउँ पन्छाएपछि शनिबारदेखि सञ्चालनमा आएको छ।

मौसम बदली : कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।

मिथ्या सूचनाविरुद्ध काठमाडौँमा दुईदिने सम्मेलन

निर्वाचनलाई लक्षित गरी संगठित रूपमा फैलाइने मिथ्या सूचनाले जनमत प्रभावित पार्न सक्ने भन्दै विज्ञहरूले मिडिया साक्षरता र तथ्य जाँचमा जोड दिएका छन्।

समानुपातिक तर्फका ३ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका एमाले, कांग्रेस र राप्रपाका तीन जना उम्मेदवारको योग्यता र क्लस्टरका विषयमा उजुरी परेपछि निर्वाचन आयोगले उनीहरूलाई प्रमाणसहित उपस्थित हुन सूचित गरेको छ।

आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारको वैयक्तिक विवरण

निर्वाचन आयोगले निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन भन्दै उम्मेदवारहरूले मनोनयनका क्रममा पेश गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ।

टेस्ट राष्ट्र जिम्बावेमाथि नेपालको ६ विकेटको जित

पूजा महतोको अर्धशतकीय इनिङ्सको मद्दतले नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गरेको छ।

कूटनीतिक वार्ताकै बीच युक्रेनमा रुसी आक्रमण, एक जनाको मृत्यु

युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय कूटनीतिक संवाद भइरहँदा रुसले युक्रेनका प्रमुख शहरहरू किभ र खार्किभमा ड्रोन आक्रमण गरेको छ।

देशका पश्चिमी भू–भागमा हिमपात र वर्षा, मुगुमा हिउँ पन्छाउने चटारो

लामो समयको खडेरीपछि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।

जिम्बाब्वेमा बाढीले गाडी बगाउँदा ९ जनाको मृत्यु

प्रहरीले नदी तथा खोलाहरूमा पानीको सतह बढेका बेला सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण स्थानमा सावधानी अपनाउन आग्रह गरेको छ।

हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित

सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई पार्टीबाट निष्कासन गरेको हो।

हिमपातले सुदूर पहाडमा राजमार्ग र विद्युत् सेवा अवरुद्ध

डडेलधुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिमका केही स्थानमा वर्षा

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। यी स्थानमा हल्का वर्षासहित हिमपातसमेत हुने सम्भावना छ।

सुदूरपश्चिममा हल्का वर्षा, रातिदेखि अन्य भूभागमा पनि मौसमी बदली हुने

सुदूरपश्चिमका केही स्थानमा शुक्रबार अपराह्नदेखि हल्का वर्षा शुरू भएको छ भने रातिदेखि देशका अन्य भूभागमा पनि बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचन: देशभर ३ हजार ४०६ जना उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनेको सङ्ख्या आजसम्म देशभरबाट तीन हजार ४०६ जना छन्।

वन जोगाएबापत नेपालले ५५ मिलियन डलर पाउने, लिफ कोलिसेनसँग सम्झौता

सरकारका अनुसार लिफ सम्झौताबाट प्राप्त हुने वित्तले राष्ट्रिय रूपमा निर्धारित योगदानको लक्ष्य हासिल गर्न, स्थानीय समुदायको विकास, वनको गुणस्तर सुधार र जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउनेछ।

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीर पुनसहित १२ जना चुनावी मैदानमा

म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएसँगै डा. महावीर पुनसहित १२ जना चुनावी मैदानमा कायम छन् भने स्वतन्त्र उम्मेदवार पुनले ‘त्रिभुज’ चुनाव चिह्न रोजेका छन्।

कांग्रेसले गठन गर्‍यो देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रवक्ता देवराज चालिसेको नेतृत्वमा प्रचार समिति गठन गरेको छ।

झापामा निर्वाचन सुरक्षा र सद्भावका लागि सर्वपक्षीय प्रतिबद्धता, स्थानीय तहमा समिति बन्ने

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापाका धार्मिक समुदाय, विभिन्न जातजाति तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले जिल्लाभर शान्तिसुरक्षा र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता जनाएका छन्।

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

‘डिजिटल युगमा पत्रकारिता’, ‘मिथ्या सूचना र तथ्यजाँच’ र ‘डिजिटल परिदृश्य’ गरी तीन वटा पुस्तक सार्वजनिक गरिएको छ।