यस समझदारीले टिकटकमा भ्रामक सूचना नियन्त्रण गर्नुका साथै आधिकारिक र विश्वसनीय तथ्यहरू मात्र प्रयोगकर्तालाई उपलब्ध गराउन सहयोग पुग्ने आयोगले जनाएको छ।
काठमाडाैँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले बुधबार आयोगको कार्यालयमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
आयोगका अनुसार टिकटकले मुख्य तिनवटा निर्वाचन सदाचार लक्ष्यहरू (संरक्षण, सशक्तीकरण र साझेदारी) अन्तर्गत रही निर्वाचन आयोगलाई कुनै शुल्क नलिई सहयोग गर्नेछ। यस समझदारीले टिकटकमा भ्रामक सूचना नियन्त्रण गर्नुका साथै आधिकारिक र विश्वसनीय तथ्यहरू मात्र प्रयोगकर्तालाई उपलब्ध गराउन सहयोग पुग्ने आयोगले जनाएको छ।
समझदारीले टिकटकले निर्वाचनको स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिको प्रयासमा समेत सहयोग पुर्याउने बताइएको छ।
समझदारीपत्र आदान-प्रदान कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
