पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

कोशीका पहाडी र हिमाली तथा गण्डकीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशीका पहाडी र हिमाली तथा गण्डकीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ।

राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ।