देशमा पश्चिमी वायुको आंशिक प्रभाव

तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहने विभागले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ।

तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्नेछ। तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ।

त्यसैगरी, राति तराईका केही स्थानमा कुहिरो लाग्नेछ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ।

हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।