आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा १५.७ प्रतिशतले वृद्धि भई कुल संख्या ९२ हजार ५७३ पुगेको छ।
यूएईको कम्पनीलाई टर्मिनल सञ्चालनको जिम्मा दिने निर्णयविरुद्ध बांग्लादेशको चट्टोग्राम बन्दरगाहका कामदारले हडताल गर्दा वैदेशिक व्यापार र ढुवानी सेवा ४० प्रतिशतले प्रभावित भएको छ।
ताप्लेजुङको मुकुम्मलुङमा प्रस्तावित केवलकार परियोजनाले मुन्धुमी र प्राकृतिक पहिचान नष्ट हुने भन्दै स्थानीय र युवा अभियन्ताले धागो टाँगेर विरोध प्रदर्शन गरेका छन्।
पश्चिमी न्यून चापीय प्रणाली पुनः सक्रिय भएसँगै मंगलबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सर्वोच्च अदालतले संविधानको धारा ४२ मा व्यवस्था गरिएको सामाजिक न्यायको हकलाई तीनै तहका सरकारले पूर्ण रूपमा कार्यान्वयन र व्यवहारमा रूपान्तरण गर्नुपर्ने भन्दै निर्देशनात्मक आदेश जारी गरेको छ।
इरानमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन र इरान भ्रमणको योजना बनाएकाहरूलाई यात्रा स्थगित गर्न निर्देशन दिएको छ।
रमेशप्रसाद दवाडीको अध्यक्षतामा ‘आइकम नेपाल’को नयाँ कार्यसमिति चयन भएको छ।
भारतले आर्थिक वर्ष २०२६–२७ का लागि पूर्वाधार र उत्पादन क्षेत्रलाई प्राथमिकता दिँदै १२२ खर्ब भारतीय रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेको छ।
उदयपुर सिमेन्ट उद्योगको ३८ हजार मेट्रिक टनभन्दा बढी क्लिंकर हिनामिना गरी साढे ४६ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले पूर्वमहाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
नासाले पाँच दशकपछि अन्तरिक्ष यात्रीलाई चन्द्रमाको कक्षमा पठाउने मिसनका लागि शनिबारदेखि ‘काउन्टडाउन’ अभ्यास शुरू गर्दै तयारीलाई अन्तिम चरणमा पुर्याएको छ।
आइतबार नेप्से परिसूचक १९.८५ अंकले घटेर २,६९४.२० को बिन्दुमा कायम भएको छ भने ९ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सम्झौता अवधि सकिँदा ३७ प्रतिशत मात्र भौतिक प्रगति भएपछि नागढुंगा–मलेखु सडक विस्तार आयोजनाको म्याद ६ महिना थप गरिएको छ।
सिन्धुली प्रहरीले भिमान चेकपोस्टमा नियमित जाँचका क्रममा ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गर्नुका साथै एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रभावित क्षेत्रमा सुरक्षा र सफाइ अपरेसन जारी राख्ने र आतंकवादी गतिविधिमा संलग्न सबैलाई न्यायको कठघरामा ल्याइने सेनाले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भागमा आंशिक बादल लागेको छ।
आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।
मैत्रीपूर्ण खेलमा नेपाली महिला यू–२० टोली चीनको युनान युवा टोलीमाथि ३–१ गोल अन्तरले विजयी भएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिममा कांग्रेस र एमालेले एक जना पनि महिलालाई उम्मेदवार नबनाई पुरुषलाई मात्र चुनावी मैदानमा उतारेका छन् भने अरू दलबाट पनि महिला उम्मेदवारको संख्या न्यून देखिएको छ।
मुकुम्मलुङ संरक्षण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ६५ जनालाई संघर्ष समितिले सम्मान गर्दै केबलकार निर्माणको निर्णय सच्याउन सरकारसँग माग गरेको छ।