AnonymousUser

Logout

संरचना नष्ट भएपछि बाल सुधार गृहका बालबिज्याइँकर्तालाई सारियो हिरासतमा

भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहमा भएको झडप र आगजनीका कारण संरचना ध्वस्त भएपछि त्यहाँ रहेका १६९ बालबिज्याइँकर्तालाई प्रहरी हिरासतको निगरानी कक्षमा स्थानान्तरण गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन : देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये देशभरबाट ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ।

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।

साप्ताहिक ब्रिफिङ: मधेशमा बदलिएको बालेनको पोसाक, पुरानासँगै ‘नयाँ’मा पनि अवसरवादकै रजाइँ

यो साता उकालोमा, ‘मधेशमा बदलिएको बालेनको पोसाक, बदलिएला मधेशका मतदाताको मत?’, ‘सभापति गगन थापा झरे मधेश, फर्किएला कांग्रेसको विरासत?‘, ‘आफ्नै सपनाले दपेट्दै छ ओलीलाई’लगायतका खबरले बनाए हेडलाइन।

रौतहटमा २ मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु

रौतहटको राजदेवी नगरपालिका–१ मा शुक्रबार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु

छापाका क्रममा गिरोहका सदस्यले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएपछि दुवै पक्षबीच भीषण गोली हानाहान भएको थियो।

तोलामा ३ लाख रुपैयाँ नाघ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ कायम भएको छ।

विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ।

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न परिषद्को आग्रह

राष्ट्रिय बालअधिकार परिषद्ले १८ वर्षमुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगराउन राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ।

दोलखाका रास्वपा उम्मेदवार जगदीश खरेलसँग स्पष्टीकरण माग

मनोनयनका क्रममा २५ जनाभन्दा बढीको जुलुस निकालेको र झन्डाको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगले दोलखाका रास्वपा उम्मेदवार जगदीश खरेलसँग तीन दिने स्पष्टीकरण माग गरेको छ।

निपाह भाइरस भित्रिन नदिन सीमा नाका र विमानस्थलमा उच्च सतर्कता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरसको संक्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाइएको बताए।

पश्चिमी वायुको प्रभाव: शुक्रबारदेखि वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कैलाली–१ मा रेशम चौधरीको उम्मेदवारी खारेज

निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज भएको जनाएको छ।

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

सर्वोच्च अदालतको आदेशलाई समेत अटेर गरी बाँकेको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा अख्तियारले मालपोतका तत्कालीन अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

मन्त्रिपरिषद्ले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोक्नुका साथै सिद्धार्थ राजमार्ग सुधारका लागि प्राप्त हुने २ मिलियन डलरको वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

झापामा ९५ मतदानस्थल ‘अति संवेदनशील’, क्षेत्र नं ५ का लागि थप सुरक्षाकर्मी माग

प्रतिनिधिसभा निर्वाचनका लागि झापाका ९५ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राख्दै सुरक्षा निकायले क्षेत्र नम्बर ५ मा थप सुरक्षाकर्मी परिचालन गर्न प्रदेशसँग माग गरेको छ।

ग्रिनल्यान्डको सार्वभौमसत्तामा वार्ता हुन सक्दैन: डेनमार्क

डेनमार्कले अमेरिकी ‘गोल्डन डोम’ जस्ता सुरक्षा कार्यक्रममा रचनात्मक संवादका लागि तत्परता देखाए पनि त्यस्तो सहकार्य डेनमार्कको क्षेत्रीय अखण्डता र ग्रिनल्यान्डको सार्वभौमसत्ताको पूर्ण सम्मानसहित मात्र हुने स्पष्ट पारेको छ।

नेप्से परिसूचक ९ अंकले बढ्दा ९ अर्बमाथिको कारोबार

बिहीबार नेप्से परिसूचक ९.२३ अंकले बढ्दा कारोबार रकममा समेत वृद्धि भई नौ अर्ब सात करोड नाघेको छ।

गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी न्यून

गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढे पनि उम्मेदवारीमा भने महिलाको सहभागिता अत्यन्तै न्यून देखिएको छ।

कराची मलमा आगलागी: ५५ जनाको मृत्यु

कराचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना हुने गरेको छ।