अफनागिस्तानमा पिठो, चामल, खाना पकाउने तेल जस्ता आवश्यक वस्तुको मूल्यमा तीव्र वृद्धि भएको छ। यसले कम आय भएका परिवार समस्यामा परेका छन्।
डलरमा लगातार गिरावटको बाबजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको छ।
विगत सात महिनादेखि घरेलु बजारमा डलर कमजोर भई प्रतिडलर करिब ६५ अफगानीमा कारोबार भइरहेको छ। यद्यपि पिठो, चामल र खाना पकाउने तेल जस्ता आवश्यक वस्तुको मूल्यमा तीव्र वृद्धि भएको छ।
टोलो न्युजका अनुसार, एक प्रतिवेदनले विनिमय दर घटेता पनि प्रमुख वस्तुको मूल्य १०० देखि १ हजार अफगानभन्दा बढीको बीचमा बढेको बताएको छ। द अफगानिस्तान बैंकले सतर्क मौद्रिक व्यवस्थापनका कारण अफगानिस्तान यस क्षेत्रको सबैभन्दा स्थिर मुद्रामध्ये एक रहेको उल्लेख गरेको छ।
केन्द्रीय बैंङका प्रवक्ता हासिबुल्लाह नूरीले विवेकपूर्ण र सन्तुलित मौद्रिक नीतिको कार्यान्वयन, निर्यात वृद्धि, पारदर्शिता तथा लागु औषध तस्करी रोकथामका माध्यमबाट राष्ट्रिय मुद्राको स्थिरतालाई बलियो बनाउन मद्दत गरेको बताएका छन्।
विविध आश्वासनका बाबजुद बढ्दो लागतले दैनिक आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका एवं कम आय भएका परिवारमा दबाब बढाएको जनाइएको छ।
चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्टका कार्यवाहक प्रमुख मोहम्मद वली अमिनीले निजी क्षेत्रले खाद्यान्न र आवश्यक वस्तुको पर्याप्त उपलब्धता सुनिश्चित गर्न प्रयास गरिरहेको बताएका छन्। (रासस/एएनआई)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
