तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुन

बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९८० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९८० रुपैयाँ कायम भएको छ। 

बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ कायम भएको थियो। 

मंगलबार एक तोला छापावाल सुन २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।