AnonymousUser

Logout

खोज पत्रकारिताका लागि उकालोकर्मी दिपा दाहाललाई अख्तियारको सम्मान

अख्तियारले ३५औँ स्थापना दिवसका अवसरमा ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण’मा योगदान पुर्‍याएको भन्दै उकालोका वरिष्ठ संवाददाता दिपा दाहाललाई पुरस्कृत गरेको छ।

दैनिक १५ लाख मतपत्र छपाइ, बिहीबारदेखि दुर्गममा वितरण थालिने

उम्मेदवारको संख्याअनुसार मतपत्रको आकार फरक-फरक हुने भएकाले छपाइमा केही समय लागेको जनक शिक्षा सामग्री केन्द्रको भनाइ छ।

प्रहरी हवल्दारको हत्या आरोपमा थप एक जना पक्राउ

सामुदायिक प्रहरी सेवा केन्द्र, बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

नेप्से परिसूचकमा झिनो गिरावट, ८ अर्ब ६९ करोडको शेयर कारोबार

नेप्से परिसूचकमा झिनो गिरावट आए पनि बुधबार कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ।

रामेछाप बस दुर्घटना: पीडित पक्षको आन्दोलनले यातायात प्रभावित

बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएका कारण पीडित परिवारसँग सहमति जुट्न सकेको छैन।

कुखुरामा इकोलाईको समस्या

मरेको कुखुराको कलेजोको नमूना परीक्षण गर्दा यो रोगको समस्या पहिचान भएको हो। दूषित पानीको प्रयोगले यो रोगको समस्या बढी देखिने गर्दछ।

अन्तर्वार्ता

तिर्न सक्नेलाई अनिवार्य नगरे स्वास्थ्य बीमा सफल हुँदैनः शम्भु आचार्य

‘सरकारले सबैलाई बीमा गर्दिन्छ भन्नु पपुलिस्ट हुनु हो। बीमाको भिजनअनुसार चलेको भए पपुलिस्ट हुँदैनथ्यो। बीमा जे सोचेर ल्याइएको थियो, त्यसरी नचलाएकाले सरकारलाई बोझ मात्र भयो।’

सुनचाँदीको मूल्य बढ्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ।

क्यानडाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ९ जनाको मृत्यु

यो घटना कोइला खानी र डायनासोर जीवाश्महरूको खोजका लागि परिचित टम्बलर रिज प्रान्तमा भएको हो।

देशभरका वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने भएको छ।

टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। अमेरिकाको भने यो लगातार दोस्रो हार हो।

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको जनाएको छ।

अडानी समूहमाथि अमेरिकी अनुसन्धान

इरानी तेलजन्य उत्पादन आयात गरी अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोपबारे छानबिन गरिरहेको अमेरिकी अधिकारीहरूलाई अडानी इन्टरप्राइजेजले आवश्यक विवरण उपलब्ध गराएको जनाएको छ।

निर्वाचन आयोगले भन्यो– फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेश गर्नू

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ।

के छ नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन प्रतिबद्धता पत्रमा?

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, सेवा प्रवाहमा सुधार तथा सुशासन र पारदर्शितामार्फत आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ।

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो, १० को सनाखत

दुर्घटनामा चालकसहित घाइते भएका ८ जनाको खुर्कोटस्थित शुभ जीवन अस्पताल तथा मन्थली र तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गोदावरीका करार इन्जिनियर विष्टविरुद्ध करिब दुई करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका करार इन्जिनियर सुवास विष्टविरुद्ध १ करोड ९७ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नेप्सेमा ओरालो यात्रा जारी, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा झरेसँगै मंगलबार कारोबार रकम पनि आठ अर्ब ६१ करोड रुपैयाँमा खुम्चिएको छ।

नेपालीसहित तीन देशको टीपीएस खारेजी कार्यान्वयन गर्न ट्रम्प प्रशासनलाई अदालतको अनुमति

अमेरिकी पुनरावेदन अदालतले नेपालीसहित तीन देशका आप्रवासीको 'टीपीएस' खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय कार्यान्वयनका लागि बाटो खोलिदिएको छ।

दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुलाको बांगाबगडस्थित सामुदायिक प्रहरी बिटमा कार्यरत प्रहरी हवल्दार शंकास्पद अवस्थामा मृत फेला परेपछि अनुसन्धानका लागि दुई जना पक्राउ परेका छन्।