इलामको नयाँबजार केन्द्रविन्दु भएर भूकम्प

इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार केन्द्रविन्दु भएर शनिबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।

फाइल तस्वीर

काठमाडौँ– इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार शनिबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का इलाम र आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसअघि गत पुस १९ गते उदयपुरको बागापती केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले यहाँ विभिन्न समयमा साना–ठूला भूकम्प जाने गरेको भूगर्भविद्हरू बताउँछन्।