टी२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखडे स्टेडियममा भएको खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।
काठमाडौँ– टी२० विश्वकप २०२६ अन्तर्गतको खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।
इंग्ल्यान्डले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। परायजका बाबजुद नेपालले बलियो इंग्लिस टोलीलाई अन्तिम ओभरसम्म दबाबमा राखेको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९-३९ रन जोडे भने ओपनर कुशल भुर्तेलले २९ रन बनाए।
इङ्ग्ल्यान्डको बलिङतर्फ लियाम डसनले २ विकेट लिए भने साम करन, विल ज्याक्स, जोफ्रा आर्चर र लुक वुडले समान १-१ विकेट हात पारे।
यसअघि मुम्बईको वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। उसका लागि ज्याकब बेथलले ५५ र कप्तान ह्यारी ब्रुकले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए।
नेपालका लागि बलिङमा दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २-२ विकेट लिएका थिए भने सन्दीप लामिछाने र शेर मल्लले १-१ विकेट लिए।
विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ। नेपालको समूहमा इंग्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
