कोशीको हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईका केही स्थानमा हुस्सु लागेको छ। बाँकी सबै प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ।

कोशीको हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
फाइल तस्वीर

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ। बाँकी सबै प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो नै रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशीका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति तराईका केही स्थानमा बादल नै कायम रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकीका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।