यो साता नेपालमा पठनपाठन नै बन्द हुनेगरी सार्वजनिक विद्यालयका शिक्षकहरूको काठमाडौँकेन्द्रित आन्दोलनको चर्चा चलिरहँदा भारत–क्यानडाबीचको 'डिप्लोमेसी वार'ले धेरैको ध्यान खिच्यो।
गत भदौ २७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय संसद्मा विद्यालय शिक्षा विधेयक दर्ता गरेको थियो। उक्त विधेयक दर्ता भएलगत्तै असोज ३ गतेबाट देशभरका शिक्षक आन्दोलित भएका छन्। पठनपाठन नै बन्द हुनेगरी शुरू भएको केन्द्रीय राजधानी काठमाडौँकेन्द्रित आन्दोलन अहिले सर्वाधिक चर्चाको विषय बनेको छ।
सरकारले यथोचित मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै आन्दोलनरत शिक्षकहरूसँग तीन–चरणको छलफल गरे पनि दुवै पक्ष निष्कर्षमा पुग्न सकेका थिएनन्। १८ बुँदे माग लिएर सडकमा ओर्लिएका शिक्षक आन्दोलनको शुक्रबार तेस्रो दिन बल्ल दुवै पक्षबीच भएको वार्ता सहमतिमा टुंगिएको छ।
शिक्षक आन्दोलन संसद्मा दर्ता भएको विधेयकको तीन वटा दफाको विरोधमा केन्द्रित देखिएको छ, जसमा विद्यालयको सञ्चालन, व्यवस्थापन तथा शिक्षक सरुवा–बढुवा र पदपूर्तिको अधिकार स्थानीय तहलाई दिने प्रस्ताव छ।
अब हेरौँ यो हप्ता यसै विषयसम्बन्धी उकालोमा प्रकाशित केही हेड्लाइन:
- सरकारको खेलाँचीले निम्त्याएको शिक्षक आन्दोलन, दिगो समाधान कति टाढा?
- शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघ सडकमा
- काठमाडौँकेन्द्रित शिक्षक आन्दोलनको अन्तर्यमा के छ?
- उकालो 'राउन्ड टेबल'मा आन्दोलनरत शिक्षक: ‘स्थानीय तहले शिक्षकको जिम्मेवारी बहन गर्न सक्दैन’
- विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरबाट काठमाडौँ आएका शिक्षकहरू के भन्छन्?
- अबको शिक्षक दलको बफादार कार्यकर्ता हुनु हुँदैन: विद्यानाथ काेइराला(अन्तर्वार्ता)
- आन्दोलनमा शिक्षकहरूको नाचगान (फोटोस्टोरी)
शिक्षक आन्दोलन संयोगवश संविधान दिवसका दिन शुरू भएको थियो। यस दिन हरेक वर्षझैँ सञ्चारमाध्यममा नेपालको संविधानका उपलब्धि एवं यसमा देखिएका कमी, सच्च्याउन पर्ने विषयमाथि चर्चा परिचर्चा भए। यसै सन्दर्भमा सोही दिन संविधानका विभिन्न पाटाबारे विमर्श, बहस गरिएका उकालोमा प्रकाशित केही सामग्री :
- के संविधान नै स्थिरताको बाधक हो?
- आदिवासी र जनजातिको असन्तुष्टिः न पहिचान, न सांस्कृतिक अधिकार
- ‘दलितलाई न्याय दिने संविधान महसुस गर्न पाइएन’
- नागरिकको हैसियत नै बराबर नहुँदा अरू हक कसरी समान हुन्छन्?
- किन तारो बन्दैछ संघीय संरचना?
- संविधान: अझै छैन पूर्ण धर्मनिरपेक्षताको अभ्यास
- ८ वर्षदेखि संविधानसँग चित्त दुखाइरहेको मधेश
नेपालमा शिक्षक आन्दोलनको चर्चा चलिरहँदा भारत र क्यानडाबीचको 'डिप्लोमेसी वार'ले सबैको ध्यान एकत्रित गरेको थियो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेताको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाउँदै एक उच्च तहका भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको सार्वजनिक वक्तव्य दिएका थिए।
क्यानडाली गुप्तचरले हरदीप सिंह निज्जरको हत्या र भारत सरकारबीचको विश्वसनीय सम्बन्ध पहिचान गरेको प्रधानमन्त्री ट्रुडोको दाबी छ। ट्रुडोले हालै भएको जी–२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यो मुद्दा उठाएका थिए।
क्यानडाको यो कदमलगत्तै नयाँ दिल्लीले पनि एक उच्च क्यानडेली कूटनीतिज्ञलाई देश फिर्ता पठाएको थियो।
भारतीय–क्यानेडाली तनाव इतिहासकै तल्लो बिन्दुतर्फ लागिरहँदा भारतीय सञ्चारमाध्यम (खास गरी टेलिभिजन समाचार च्यानल)को टीआरपी भने उकालो लागि रहेको थियो– खासगरी सत्तापक्षको मुखपत्रका रूपमा कार्यरत 'गोदी' मिडियाको। सत्तापक्षको हरेक कदमको रक्षार्थ सतिसालझैँ उभिने भारतीय मूलाधार मिडियाको चरित्र, र तिनको भारतीय संसद्का विपक्षी दलले अख्तियार गरेको ‘बोइकट’बारे पढ्नुहोस् : गोदी मिडिया, चरणचुम्बक र चौध भाइबहिना
सप्ताह भरका विशेष खबर
प्रधानमन्त्री दाहालको चीन भ्रमणः नेपालले चीनसमक्ष राख्न नसकेको सीमापार जलवायु मुद्दा : चीनको तिब्बतमा रहेका हिमताल विस्फोटबाट नेपाल सधैँ उच्च जोखिममा रहे पनि क्षति न्यूनीकरणका लागि नेपालले द्विपक्षीय जलवायु सूचना आदानप्रदानका लागि पहल नै गरेको छैन।
साउदी अरबमा नेपाली श्रमिकको ‘दुर्दशा’: नयाँ नीतिले ल्याएको संकट : अघिल्लो हप्ता सामाजिक सञ्जालमा हालिएको एउटा भिडियोमा साउदी अरब पुगेका केही नेपाली कामदारको 'दुर्दशा' देखिन्छ। यस्ता समस्यामा फसेर उद्धारको आग्रह गर्दै त्यहाँको नेपाली दूतावास पुग्नेको संख्या ठूलै छ।
चाडपर्व लक्षित बजारमा आर्थिक मन्दीको मारः व्यापार घट्ने अनुमानमा आधाले आयात कटौती : बहुसंख्यक नेपालीले मनाउने चाडपर्व तीजदेखि छठसम्मको व्यापारले वर्षभरि धानिने गरेका व्यापारीहरू यसवर्ष भने आर्थिक मन्दीको मार खेपिरहेका छन्। अघिल्लो वर्षको तुलनामा आधाजति आयात घटाएको उनीहरू बताउँछन्।
उमेर समूहमै ओरालोतिर नेपाली फुटबल, साफ यू–१९ बाट ‘यू टर्न’ गर्ने लक्ष्य : सन् २०१८ मा भएको एशियन गेम्समा उमेर समूहको विश्वकप खेलिसकेको जापानलाई १-० मा रोक्न सक्ने स्तरमा पुगेको नेपाल पछिल्लो समय भारत र बंगलादेशको चुनौती पनि पन्छाउन नसक्ने स्तरमा खस्केको छ।
व्यक्तिहत्यामा सर्वस्वसहित जन्मकैद तोकिएका गुण्डानाइकेः सरकारको माफी मिनाहा, छुटेपछि अबिर जात्रा : हत्या अभियोगमा अदालतले ढकाललाई सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो। सरकारले सजाय माफी मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिले सदर गरेसँगै उनी अबिर जात्रासहित कारागारबाट निस्किए।
नेपाल अब ‘ईभी’ युगतिर : दुई वर्षअघि जम्मा २४९ वटा ईभी आयात भएको थियो, गत वर्ष भने चार हजारभन्दा बढी आयात भए। अहिले काठमाडौँमा भइरहेको नाडा अटो शोमा बुकिङ भएकामध्ये ८० देखि ९० प्रतिशत ईभी नै छन्।
‘बुद्धका उपदेश ५०० वर्षसम्म मौखिक थिए, यहीबीचमा महिलाद्वेषी कुरा थपिए’ : ‘बुद्ध महिलाद्वेषी होइनन्। उनीपछिका भिक्षुहरूले महिलालाई अलिकति तल्लो श्रेणीमा राखेका हुनसक्छन्। यसलाई सामाजिक कसीमा राखेर त्योबेलाको समाजको मानसिकताको आधारमा हेर्नुपर्छ।’
युद्धमा ३ पटक मृत्यु जितेर पनि अहिले पलपल ‘मरिरहेका’ नरवीर : माओवादीका पूर्वलडाकु नरवीर भन्छन्– ‘व्यवस्था परिवर्तनका निम्ति पार्टीका कमान्डरको आदेशमा ज्यानको बलि दिन तयार भएँ। जिउभरि बमका छर्रा र गोली छन्। यसरी कति दिन बाँच्न सकिएला र?’
पैदलमार्ग मासेर काठमाडौँका डाँडासम्मै धमाधम सडक, अब कहाँ जाने हाइकिङ? : काठमाडौँ उपत्यकाका स्थानीय तहले पैदलमार्गको संरक्षण गर्नुको सट्टा वन क्षेत्रसमेत मासेर सडक बनाउन थालेका छन्। जसले गर्दा काठमाडौँमा बढ्दै गएको ‘हाइकिङ’को चलनलाई नै नकारात्मक असर गर्न थालेको छ।
जीवनले कल्पनै नगरेको मोड लिएपछि काष्ठकलामा चम्केकी कल्पना : कल्पना भन्छिन्– 'मैले बनाएका मूर्तिहरूबाट म मात्र होइन, यिनलाई लगेर घरघरमा सजाउने ग्राहकहरू पनि उत्तिकै खुशी छन्। यसरी आफ्नो पेसाको खुशी सबैलाई बाँड्ने सौभाग्य कमैलाई मात्र मिल्छ।'
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
