लोसपाको नेतृत्वमा ५ दलीय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए।
कांग्रेस संस्थापन पक्ष महाधिवेशनलाई जसरी पनि निर्वाचनपछि धकेल्ने रणनीतिमा हुँदा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। किन महाधिवेशनको मितिमा चर्को बहस भइरहेको छ?
सम्मेलनले पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजकमा माधव नेपाललाई चयन गरेको छ। झलनाथ खनाललाई तेस्रो वरीयता दिइएको छ।
१६ वर्ष पुगेसँगै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाइन्छ। तर निर्वाचन आयोगले १८ वर्ष पुगेका मतदाताको मात्र अन्तिम नामावली प्रकाशित गर्छ। कसरी हुन्छ नाम दर्ता?
जेन–जी आन्दोलनपछि सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलाई संस्कृतिमन्त्री बनाउन प्रस्ताव भयो। तर शपथको दिन अचानक भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने भनिएपछि उनले पद अस्वीकार गरे।
प्रतिनिधिसभा विघटनपछि संसद् अधिवेशन अन्त्य गरिए पनि राष्ट्रियसभा अन्तर्गतका समितिले सरकारका कारबाहीबारे छलफल र निगरानी गर्न सक्छन्। तर ती समिति प्रभावहीन हुँदा राष्ट्रियसभामाथि प्रश्न उठ्न थालेको छ।
प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनर्स्थापनासमेतको माग गर्दै सर्वोच्चमा १६ वटा रिट दर्ता भएका थिए।
आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको सरकारका प्रवक्ता खरेलले बताए।
फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायत विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ओली नेतृत्वको तत्कालीन सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेसँगै कुलमान राजनीतिमा छिर्न सक्रिय थिए। देश दौडाहा मात्र नगरी उनी नेपाली बाक्लै रहेका खाडीसहितका देश पनि पुगेका थिए।
मौजुदा मन्त्रिपरिषद्मा ४ जना नयाँ मन्त्री थपिने भएका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ।
गजेन्द्रनारायण सिंहले २०४७ सालमा सद्भावना पार्टी स्थापना गरेर मधेश केन्द्रित राजनीति अघि बढाए, तर टुटफुटले सद्भावनासहित मधेश केन्द्रित दल छिन्नभिन्न भइरहे। त्यसको पछिल्लो उदाहरण बनेको छ जनमत पार्टी।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए।
फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी छन्।
छलफलमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता रहेको थियो।
नेपाली कांग्रेसको विशेष महाधिवेशन एकपटक मात्र भएको इतिहास छ। तत्कालीन पार्टी सभापति सुवर्णशमशेरले पदबाट राजीनामा दिएपछि ६८ वर्षअघि कांग्रेसको विशेष महाधिवेशन भएको थियो।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
छलफलमा सभामुख घिमिरेले अहिलेको परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्पूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा व्यक्त गरे।
असोज ५ यता शनिबार र दशैँको बिदाबाहेकका १६ दिनमा बालेन शाहले १५ दिन सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनका अधिकांश पोस्टमा महानगरका कामबारे उल्लेख छ।