केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएरै प्रतिस्पर्धा गर्ने भएकाले उम्मेदवारको संख्या धेरै हुने देखिएको छ।
काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनका लागि उम्मेदवारी शुल्क पाँच हजारदेखि १५ हजार तोकिएको छ।
नेता राजेन्द्र गौतमले नियमित प्रेस ब्रिफिङ गर्दै अध्यक्ष पदका लागि एकसय फारम र १५ हजार उम्मेदवारी शुल्क तोकिएको जानकारी दिए। त्यस्तै उपाध्यक्ष, महासचिव, उप महासचिव र सचिव पदमा उम्मेदवारी दिन फारम शुल्क १०० रुपैयाँ र उम्मेदवारी शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ।
केन्द्रीय सदस्यको हकमा एक सय फारम शुल्क र पाँच हजार उम्मेदवारी शुल्क निर्धारण गरिएको छ। उम्मेदवारी फारम वितरण र दर्ताको काम अहिले चलिरहेको छ। अहिलेसम्म एक हजारभन्दा बढीले उम्मेदवारी दिनका लागि एक सय रुपैयाँका हिसाबले शुल्क तिरेर फारम लिएका छन्। पदाधिकारीसहित यो महाधिवेशनले ३०१ सदस्यीय कमिटी चयन गर्नेछ। केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएरै प्रतिस्पर्धा गर्ने भएकाले उम्मेदवारको संख्या धेरै हुने देखिएको छ।
दुवै समूहबाट पदाधिकारीहरूको लगभग नाम टुंगो लागि सकेको छ। संस्थापन पक्षमा भने पदाधिकारीको उम्मेदवारको विषयमा केही असन्तुष्टि देखिएको छ। महाधिवेशनमा २ हजार २६३ जना प्रतिनिधि छन्। उनीहरूले नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
