एमाले नेतृत्व चयनका लागि मतदान सकियो, खसेन ३६ भोट

नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत बुधबार बिहान सवा ९ बजे शुरू भएको विद्युतीय मतदान बिहीबार बिहान पौने सात बजे सम्पन्न भएको छ।

काठमाडौँ– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ।

एघारौँ महाधिवेशनअन्तर्गत बुधबार बिहान सवा ९ बजे शुरू भएको विद्युतीय मतदान बिहीबार बिहान पौने सात बजे सम्पन्न भएको हो। 

महाधिवेशनमा देशभरबाट आएका दुई हजार २६३ मतदाता रहेकामा दुई हजार २२७ मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ३६ अनुपस्थित भएका हुन्। ८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो।

केही समयपछि मतगणना गर्ने तयारी छ। गणना शुरू भएको चार घण्टाभित्र परिणाम घोषणा गर्ने आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। 

“अब पहिले मतदान सम्पन्न भएको मुचुल्का खडा गर्छौं। सबै मेसिनलाई लक गरेर चिप्स संकलन हुन्छ। त्यसपछि आईटीका विज्ञ, उम्मेदवारका प्रतिनिधि मेसिनको प्राविधिक टिमसहितको रोहबरमा मतगणना प्रारम्भ गर्छौं,” उनले भने।