एमालेमा पदाधिकारी १९ सदस्यीय हुने भएको छ। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने छन्।
काठमाडौँ– नेकपा एमालेले पार्टीको विधान संशोधन गरेको छ। एघारौँ महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाएको हो।
संशोधित विधानअनुसार, एमालेमा पदाधिकारी १९ सदस्यीय हुने भएको छ। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने छन्।
यस्तै, स्थायी कमिटी पोलिटब्युरो सदस्यको एक तिहाइ हुनेछ। पोलिटब्युरो ९९ तथा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ। बैठक सकिएपछि भृकुटीमण्डपमै एघरौँ महाधिवेशनको बन्दसत्र शुरू हुँदैछ।
यसअघि भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गर्ने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
