AnonymousUser

Logout

विश्वकप क्रिकेटः इंग्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

आईसीसी पुरुष टी२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

प्रतिनिधिसभा निर्वाचन: केन्द्रबाट नौ र जिल्लाबाट ३७ प्रकारका सामग्री व्यवस्थापन गरिने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका मुख्य सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका सहायक सामग्री जिल्ला तहमै व्यवस्थापन गर्ने गरी तयारी थालेको छ।

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

विश्वकै सबैभन्दा प्रदूषित शहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्यूआई मापन गरिएको छ।

तोलामा ९ हजार ५०० रुपैयाँले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुनको मूल्य ३ लाख ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ।

टी२० विश्वकप: नेपाल इंग्ल्यान्डसँग भिड्दै

नेपाल र इंग्ल्यान्ड पहिलो पटक भिड्न लागेका हुन्। टी२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इंग्ल्यान्ड तेस्रो स्थानमा छ।

दौरा सुरुवालमा विश्व म्याराथन च्यालेन्ज दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

अमेरिकाको मायामीमा आयोजित विश्व म्याराथन च्यालेन्जको समापन समारोहमा गिनिज बुक अफ वर्ल्डका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरेका थिए।

वंशिलाघाटमा बेलिब्रिज: छोटियो तराई झर्ने दूरी

लामो समयदेखि झोलुंगे पुलमार्फत आवतजावत गर्दै आएका खोटाङ र भोजपुरका दक्षिणी क्षेत्रका स्थानीयको दैनिकी सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि सहज बन्नेछ।

कोशीको हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईका केही स्थानमा हुस्सु लागेको छ। बाँकी सबै प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ।

प्राधिकरणले कर्मचारीलाई भन्यो– सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादाको ख्याल गर्नू

अनावश्यक पोस्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागीय कारबाहीसमेत हुने जनाइएको छ।

जुनसम्ममा युद्ध अन्त्य गर्न अमेरिकाको दबाब रहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ

युक्रेन र रुसबीचको चार वर्ष लामो युद्ध आगामी जुनसम्ममा अन्त्य गराउने उद्देश्यका साथ अमेरिकाले फ्लोरिडामा वार्ताको प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

इलामको नयाँबजार केन्द्रविन्दु भएर भूकम्प

इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार केन्द्रविन्दु भएर शनिबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।

निर्वाचनमा ड्रोन प्रयोग गर्न रोक

सरकारले प्रतिनिधिसभा निर्वाचनमा ड्रोन प्रयोगमा रोक लगाउनुका साथै सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या र भ्रमपूर्ण सूचनाको निगरानीका लागि नेपाल प्रहरीको अत्याधुनिक युनिट परिचालन गरेको छ।

साफ यू१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

पोखरा रंगशालामा भएको फाइनल खेलमा साबिक विजेता बांग्लादेशलाई ४–० गोल अन्तरले हराउँदै भारत साफ यू१९ च्याम्पियन बनेको छ।

म्याग्दीमा महावीरको ‘इन्ट्री’ले खलबलिएको चुनावी गणित

राजनीतिमा महावीर पुनको अप्रत्याशित ‘इन्ट्री’ले म्याग्दीको परम्परागत चुनावी समीकरणलाई मात्र खलबल्याएको छैन, वर्षौंदेखि दलीय आधारमा बाँडिएका मतदातालाई समेत दोधारमा पारिदिएको छ।

विकास, रोजगारी र सुशासनप्रतिको जनअपेक्षा पूरा गर्ने उम्मेदवारको खोजीमा नवलपरासीपूर्व–१ का मतदाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ मा फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरू घरदैलोमा व्यस्त रहँदा मतदाताले भने विकास, सुशासन र रोजगारीलाई आफ्नो मुख्य शर्त बनाएका छन्।

अमेरिका–भारतबीच अन्तरिम व्यापार सम्झौताको घोषणा

अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता भएको छ। अब भारतले अमेरिकी खेतीपाती र कलकारखानाका सामानमा कर छुट दिनेछ भने अमेरिकाले भारतीय औषधि र कपडामा सहुलियत दिनेछ।

निर्वाचन चहलपहलसँगै बढ्न थाल्यो आर्थिक गतिविधि

महोत्तरीमा चुनावी चहलपहलले होटलसँगै अन्य व्यापार–व्यवसाय पनि चलायमान भएपछि स्थानीय व्यवसायीहरू उत्साहित भएका छन्।

भेनेजुएलामा आममाफी विधेयक विवादमा, समावेशी नभएको आरोप

विधेयकले राजनीतिक बन्दीलाई समेट्न नसकेको, क्षतिपूर्ति प्रदान गर्ने स्पष्ट संयन्त्र नराखेको तथा निर्वासनमा रहेका नागरिकको सुरक्षित स्वदेश फिर्तीको सुनिश्चितता नगरेको विपक्षीले आरोप लगाएका छन्।

रहेनन् अभिनेता सुनिल थापा

चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय थिए।

थामिएला बेनी–जोमसोम सडकको पहिरो?

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा पहिरो र कटानका कारण यहाँ नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ।