AnonymousUser

Logout

वैशाखमै किन भइरहेछ मनसुनजस्तो वर्षा?

यस वर्षको प्रि–मनसुन अघिल्लो वर्षभन्दा फरक देखिएको छ। यसपालि औसतभन्दा बढी पानी परेको छ। अब मनसुनमा के होला?

उदाहरणीय पाणिनी गाउँपालिकाः कार्यसम्पादनमा पहिलो, बेरुजु न्यून

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गर्ने मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वोत्कृष्ट बनेको छ। शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको यो गाउँपालिका कसरी सर्वोत्कृष्ट हुन सफल भयो?

मध्यपूर्वको युद्धले २० लाख नेपाली प्रभावित, सुरक्षित बस्न आग्रह

सरकारले खाडी तथा मध्यपूर्वमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न र सावधानी अपनाउन आग्रह गरेको छ। यूएई, कतार, साउदी अरबिया, इजरायललगायत देशमा तत्काललाई श्रम स्वीकृति स्थगित गरिएको छ।

पाथीभरा केवलकार निर्माणः पोहोर गोली चल्यो, अहिले पनि बन्दुकको आड

ताप्लेजुङकै विभिन्न ठाउँ र छिमेकी जिल्लाबाट समेत आएका महिला, केटाकेटी, युवा, पाका सबैका हातमा धागो थियो, तर अनुहारमा डर। उनीहरूलाई आशंका थियो— प्रहरीले अघिल्लो वर्षजस्तै गोली पो चलाउने हो कि!

भेडेटारको पर्यटनमा स्काइवाकले थपेको ‘एड्भेन्चर’

धनकुटाको भेडेटारमा गर्मी मौसममा पनि हुस्सु लागेर चिसो हुने हुँदा तराई र भारतको बिहारबाट समेत गर्मी छल्न पर्यटक आउँछन्। छोटो बसाइका लागि आउने यी पर्यटकको रोजाइ बन्न थालेको छ यहाँको स्काइवाक।

ताप्लेजुङको चुनावी माहोलः पुरानाको साख, नयाँको चर्चा

अघिल्ला दुईवटा निर्वाचनमा लगातार जितेको एमालेले यसपटक उम्मेदवार परिवर्तन गरेको छ। एमालेलाई तेस्रो जितबाट रोक्न अन्य १२ उम्मेदवार प्रतिस्पर्धामा छन्। कस्तो ‘मुड’मा छन् ताप्लेजुङका मतदाता?

संरक्षण सफलतामा लुकेको संकट: मध्यवर्तीका स्थानीयलाई ज्यान जोगाउनै मुस्किल

सल्यान र सुर्खेतको सीमामा एक हप्तामा तीनजनाको ज्यान लिने बाघ बाँके वा बर्दिया निकुञ्जबाट निस्किएको अनुमान छ। सन् २००९ पछि संख्या बढिरहेका बाघलाई अब नेपालका वनले नधान्ने मध्यवर्ती क्षेत्रका बासिन्दा बताउँछन्।

चीनमा डढेलो, काठमाडौँसम्मै धुम्म

सोमबार अचानक तातोपानी नाका बन्द गरियो, त्यसको कारण थियो चीनतर्फ फैलिएको डढेलो। डढेलोले तातोपानी क्षेत्रमा मात्र नभई काठमाडौँसम्मै असर गरेको छ।

रसुवागढी बाढीः बन्यो मितेरी पुल, मर्मत सकिएनन् जलविद्युत् आयोजनाहरू

गत असारको बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल चीन सरकारले निर्माण सकिसकेको छ, तर क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको मर्मत नसकिँदा पूर्णरूपमा सञ्चालन भएका छैनन्।

सकसपूर्ण यात्राः कहिले हट्छ दाउन्नेको दुःख?

वर्षामा कहिले पहिरो झरेर त, कहिले झरीले हिलाम्मे भएर अवरुद्ध हुने दाउन्नेस्थित निर्माणाधीन सडकमा गत हप्ता शीतकै कारण १५ घण्टासम्म जाम भयो। यो सडक विस्तारमा किन भइरहेछ ढिलाइ?

आयो उच्च वायु प्रदूषण गराउने डढेलोको मौसम, नियन्त्रणमा सरकार सधैँ किन असफल?

यतिबेला तराई शीतलहरले आक्रान्त छ, पहाडमा डढेलो लाग्नथालेको छ। हिउँद शुरू भएपछि बर्खा नलागेसम्म वायु प्रदूषण हदैसम्म बढाउन भूमिका खेल्ने डढेलो नियन्त्रणमा भने सरकारका कुनै प्रयास सफल देखिँदैनन्, किन?

नेपालमा विदेशी विश्वविद्यालयका विद्यार्थीः जंगलमा हुन्छ संरक्षणको कक्षा

अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न १२ विश्वविद्यालयका विद्यार्थी नेपालका नदी, वन, वन्यजन्तु र संरक्षणको विषयमा पढ्न आउने गरेका छन्। कतिपयले त पूरै एक सेमेस्टर यतै बसेर पढ्छन्।

यस वर्ष न्यानो हिउँदः वर्षा कम हुने, सुक्खापन बढ्ने

चार वर्षअघिको हिउँदमा वर्षा भएयता सुक्खापन बढ्दो छ। यो साल पनि हिउँदमा वर्षा कम हुने सम्भावना छ, जसले गर्दा न्यूनतम तापक्रम सरदर आसपास वा त्योभन्दा माथि रहने सम्भावना हुन्छ।

सूर्यविनायक–धुलिखेल सडक : ठेक्काको म्याद सकियो, काम आधा मात्र

दुई खण्डमा ठेक्का लगाइएको सूर्यविनायक–धुलिखेल सडकको एउटा खण्डको म्याद सकिन दुई दिन बाँकी छ, अर्को खण्डको म्याद एक महिनापछि सकिँदैछ। तर तीन वर्षदेखि सास्ती खेपेका यात्रुले अझै सुबिस्ता नपाउने भएका छन्।

पाँच महिनादेखि बन्द रसुवागढी नाका कहिले खुल्छ?

गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि ठप्प रहेको रसुवागढी नाका खोल्न विकल्पमा बेलिब्रिज निर्माण भइरहेको छ। तर त्यसले उत्तरी नाकाबाट हुने आयातको भार थेग्ने देखिन्न।

मौसमको फेरबदलसँगै खेती गर्ने शैली बदल्नुपर्ने हो?

अन्नबाली लगाउने र उठाउने मौसममा वर्षाको प्रवृत्ति निरन्तर परिवर्तन भइरहँदा पनि किसानले परम्परागत बीउ र विधि नै प्रयोग गरिरहेको कारण उत्पादन घट्दो छ। के अब मौसम अनुकूल हुन बालिचक्र नै बदल्नुपर्ने हो?

पानी पर्नासाथ किन एकैसाथ अवरुद्ध हुन्छन् राजमार्ग?

राष्ट्रिय राजमार्ग बनाउँदा सुरक्षामा ध्यान पुर्‍याइएको छैन, बनाइसकिएपछि नियमित मर्मत हुँदैन। ग्रामीण सडक डोजर चालकले जता चलायो उतै खनिएको छ। सडकको गुणस्तरभन्दा लम्बाइमा ध्यान दिँदाको परिणाम के भयो?

अस्थायी डाइभर्सनबाट कहिलेसम्म चल्ला बीपी राजमार्ग?

गत वर्षको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको करिब ३० किमि खण्ड पटकपटक बग्दा अस्थायी डाइभर्सनमा मात्र करिब ६ करोड खर्च भइसकेको छ, तर ठेक्का लागेर पनि स्थायी संरचना बनाउन अझै शुरू भएको छैन।

जथाभाबी सडक विस्तारको परिणामः वर्षा लागेपछि पहिरोको त्राहिमाम्

सडक फराकिलो बनाउन जथाभाबी भित्तो खन्दा धेरै ठाउँमा पहिरोको जोखिम बढेको छ। कतै पर्याप्त भौगर्भिक अध्ययन नहुँदा र काटिएको भित्तोमा आधुनिक प्रविधि प्रयोग नहुँदा पनि पहिरो गइरहेको छ।

बाढीपहिरोले सबैभन्दा धेरै क्षति इलाममा, अवरुद्ध सडक कहिलेसम्म खुल्लान्?

वर्षापछि बाढीपहिरोले मात्र नभई चट्याङ र सवारी दुर्घटनाबाट पनि धनजनको क्षति भएको छ। पहिरोले अवरुद्ध अधिकांश सडक सोमबारसम्म खुल्ने सम्भावना भए पनि बीपी राजमार्ग तत्कालै खुल्ने सम्भावना छैन।