नेप्से परिसूचकमा मंगलबार ३२.०८ अंकको गिरावट आए पनि साढे २१ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
केही दिनयता देशका विभिन्न भागमा देखिएको तुवाँलो मंगलबारदेखि क्रमिक रूपमा हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मध्यपूर्वमा जारी तनावले तेल आपूर्ति मार्ग प्रभावित हुँदा एशियाका विभिन्न देशमा इन्धनका लागि सर्वसाधारणले घण्टौँ लाइन बस्नुपर्ने र कतिपय स्थानमा हिंसात्मक झडपसमेत हुन थालेको छ।
रुकुम पश्चिमस्थित सानीभेरी नदी किनारमा दुई किशोरीको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्। छिमेकीको विवाहमा गएका उनीहरू घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
देशभर वायु प्रदूषणको स्तर बढ्दै गएपछि वातावरण विभागले आम नागरिकलाई मास्क प्रयोग गर्न र सावधानी अपनाउन विशेष आग्रह गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा प्रत्यक्षतर्फ साढे १९ हजारभन्दा बढी मत बदर भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख १७ रुपैयाँमा कारोबार भइरहेको छ।
निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ११ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख १० हजार ७७३ मत प्राप्त गरेको छ।
निर्वाचन आयोगले धनुषा-१ बाट निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
निर्वाचन आयोगले मंगलबार बिहान ८:३० बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ४९ लाख ६८ हजार ५५३ मत प्राप्त गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की निर्वाचित भएका छन्।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार चुनावी मैदानमा उत्रिएका १४२ जना उम्मेदवारमध्ये १२८ जनाले आफ्नो जमानत जोगाउन सकेनन्।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलताका लागि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरी बधाई दिएका छन्।
काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषणको मात्रा बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर निस्कँदा सावधानी अपनाउन र अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता सोमबार राति १२ बजेदेखि निष्प्रभावी हुने निर्णय गरेको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ भने देशभर बदर मतको दर तीनदेखि चार प्रतिशत रहने निर्वाचन आयोगको अनुमान छ।
काठमाडौँको बाफलमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा स्कुटर सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गोरखा क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका छन्।